" साङाला जिर्मा " लाई रिमिक्स गरि भिडियो सार्वजनिक
भदौ ५, २०८०, मङ्गलबार | विहान ०८:३८ बजे | 20
काठमाडौं । गायक , सन्चारकर्मी तथा नायक सुनिल लामाले बरिस्ठ गायक चन्द्र कुमार मोक्तानको गीत " साङाला जिर्मा " लाई रिमिक्स गरि भिडियो सार्वजनिक गरिएको छ। २०३८ सालमा रेकर्ड भएको बरिस्ठ गायक चन्द्रकुमार मोक्तानको स्वर रहेको साङाला जिर्मा बोलको यस गीतमा शब्द , संगीत र रचना मोक्तानकै रहेको छ भने रिमिक्समा गायक सुनिल लामा र सोनिया लामाको सुमधुर आवाज रहेको छ भने YSK ग्रुपले र्यापमा सहयोग गरिएका छन ।म्हेन्दोला फोले कार्यक्रमको प्रस्तुती रहेको यस भिडियाेलाई म्हेन्दोला फोले पाेडकष्टको अफिसियल युटुब च्यानलबाट बजारमा सार्वजनिक गरिएको छ।यसअघि भिडियाेलाई बाग्मती प्रदेश सरकारका खानेपानी , सिंचाइ तथा उर्जा मन्त्री माननीय तिर्थ बहादुर लामाले २९ औ तामाङ प्रशारण दिबसको अबसरको कार्यक्रममा सार्वजनिक गर्नु भएको थियो।गायक लामाले २०५१ सालमै" बिन्ती बिसाउछु " नामक गीतिएल्बम बाट संगितिक यात्रा सुरु गरेका थिए । यस भिडियाेकाे निर्देशन अभि लामा,छायांकन पवन सुस्लिङ, कोरियोग्राफर बिकास आर्यल, इफेक्ट/ कलर/ एनिमेसन सागर लामाले गरेका छ्न।