गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध
भदौ ३, २०८०, आइतबार | विहान ०५:०५ बजे | 45
भक्तपुर, २ भदौ । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघले पछिल्लो समय अत्याधिक मूल्यबृद्धि भएको भन्दै झण्डै दुई किलोमिटर सडकमा गाडी तथा मोटरसाईकल तानेर गुडाउँदै विरोध गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यबृद्धिका कारण जनताको दैनिक जीवन चलाउन कठिन अवस्था बनेको भन्दै संघले तत्काल मूल्यबृद्धि फिर्तालिन आग्रह गरेको छ । कार्यक्रममा एक क्वीटल सुन काण्डमा सरकारको नेतृत्व गरिरहेका पार्टी कांग्रेस माओवादी लगायतका दलहरुको संलग्नता रहेको भन्दै कडा शब्दमा विरोध जनाए । गृहमन्त्री तथा अर्थमन्त्रीको संलग्नता विना एयरपोर्टबाट एक क्वीटल सुन ल्याउन सम्भव नभएको भन्दै संघका नेता तथा कार्यकर्ता प्रचण्ड नेतृत्वको सरकार तस्करी भएको भन्दै राजिनामा मागेका छन् ।
र्यालीका क्रममा सुन तस्करी, वालुवाटार जग्गा, भुटानी शरणार्थी, एनसीएल घोटला, वाईडबडीलगायतका असंख्य काण्डहरुमा वर्तमान सरकारका नेतृत्वकर्ताहरुको प्रत्यक्ष संलग्नता रहेको भन्दै सवै घोटलाका काण्डहरुको निष्पक्ष छानविन गर्न उच्चस्तरीय छानविन समिति बनाउन माग गरेको छ । दोषीलाई कानुनी कघरामा ल्याउन आग्रह गर्दै संघले छानविन समिति बनाउनबाट भाग्न खोज्नु सत्ता गठबन्धनका दलहरुको नियतमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको दावी गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...