कहाँकहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)
असोज ९, २०७७, शुक्रबार | दिउँसो ०१:३९ बजे | 20
भक्तपुर । असोज ९ गते शुक्रवार भक्तपुर जिल्लामा (३१पुरूषर२० महिला) गरि ५१ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार मध्यपुर थिमिको पुरानो थिमि, गठ्ठाघर, स्वगांपुखु, शंखुमार्ग, लौहकन्थलीलगायतमा (२ पुरूषर४ महिला) गरि ६ जना, भक्तपुर नपामा (१३पुरूष र७ महिला) गरि २० जना, चाँगु नपामा २ जना, सुर्यबिनायक नपामा (१२पुरूष र९ महिला) गरि १९ जना रहेको छ भने ४ जनासंग सम्पर्क भईरहेको छ।