जनजाति युवा महासंघमा बिकास लामा निर्वाचित
भदौ २, २०८०, शनिबार | दिउँसो ०२:०१ बजे | 40
काभ्रे। नेपाल जनजाती महासंघका भातृ संगठन नेपाल जनजाती युवा महासंघ काभ्रेको तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन गर्दै जनजाति महासंघका संघीय उप-महासचिव राम कृष्ण ब्लोनले युवाहरूले देशको बिकास निर्माण कार्यमा एक भएर लाग्नु पर्छ तब मात्रै युवाको पहिचान बनाउन सकिन्छ र युवाहरुले युबालाई जगारण हुने खालका कार्यक्रम संचालन गर्नु पर्ने आजको अब्श्यक्ता रहेकोे बताएका थिए । अधिबेशनले बिकास लामा दोङ्को अध्यक्षतामा ११सदस्यीय समिति निर्बिरोध निर्वाचित गरिएको छ भने उप अध्यक्षमा रबिन्सन श्रेष्ठ , चन्द्रबहादुर लामा, सचिब सुस्मिता हायु,सह- सचिब दिपा माझी , ज्ञानि भुजेल ,काेष -अध्यक्ष सिताराम ठाडा मगर,सदस्यहरुमा बिनोद श्रेष्ठ ,मिलन गुरुङ ,आत्माराम थापा मगर र मुना हायु रहेका छन । कार्यक्रममा जनजाति महासंघका प्रदेश अध्यक्ष बिलाम मोक्तान , नेपाल तामाङ युवा घेदुङ्का संघीय उप -अध्यक्ष संगम लामा,आदिवासी जनजाति युवा महासंघका सचिब गाम्बा तामाङ ( मिलन घिसिङ ) लगायतले आ - आफ्नो शुभकामना मन्त्ब्य राखेका थिए ।
फाेटाेमा हेर्नुहाेस्...