भक्तपुरमा भक्तपुर फोटोवक एण्ड फोटो कम्युटिशन २०२३
भदौ २, २०८०, शनिबार | विहान ०४:२९ बजे | 70
भक्तपुर । एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरको दरवार स्क्वायरमा भक्तपुर फोटोवक एण्ड फोटो कम्युटिशन २०२३ भएको छ । काठमाडौं फोटोग्राफर एसोसिएसनको आयोजनामा प्रतियोगिता भएको हो ।
संघका उपाध्यक्ष भोला काफ्लेका अनुसार प्रतियोगितामा उत्कृष्ट फोटोग्राफर पहिलो, दोश्रो र तेश्रो गरी तीनजनालाई संघका भदौ ३० गते हुने कार्यक्रममा मेडल, पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने छ । संघका सचिव हरिप्रसाद घिमिरेल फोटो वक नेपाल नेपाल र किपाग्राफी भक्तपुरको सहयोगमा कार्यक्रम भएको जानकारी गराए ।
कार्यक्रम अन्तर्गत फोटो प्रतियोगितामा पनि भएको छ । त्यस अनुसार फोटोग्राफी प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरुले आज दिनभर खिचेका भक्तपुरका फोटोहरु समावेश गरिने छ । तिनीहरुमध्ये उत्कृष्ट तीन जना छनौट गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।