तामाङ मिडिया अवार्ड -२०८०मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई


भदौ २, २०८०, शनिबार | विहान ०१:२७ बजे | 45


तामाङ मिडिया अवार्ड -२०८०मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई

संगम लामा 

काठमाडौं । २९औ तामाङ प्रशारण दिबसको अबसरमा तामाङ पत्रकार संघले तामाङ मिडिया अवार्ड -२०८०उत्कृष्ट तामाङ सञ्चारकर्मी इन्डिजिनस टेलिभिजनका मायालु ङ्यासुर र धनकुटाका ब्लाष्ट राष्ट्रिय दैनिकका सन्तबिर मोक्तान लाई प्रदान गरिएको छ। बाग्मती प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री माननीय तिर्थ बहादुर लामाले अवार्ड प्रदान गर्नुहुदै बाग्मती सरकारले तामाङ र नेवारी भाषालाई सरकारी कामकाजी भाषाकाे रूपमा प्रयोगमा ल्याउन मन्त्री परिषदमा बिधेयक पेश भइसकेकोले सरकारी कामकाजी भाषाकाे मान्यता पाउनुका साथै राज्यले सबै भाषा ,संस्कृति,इतिहास र परम्परालाई स्विकारगरी समान अबसर दिनु पर्छ तबमात्र राज्य बलियो हुने र सबै जातजातिले समान अबसर पाउने बताएका थिए । यसैगरी तामाङ घेदुङ्का संघीय अध्यक्ष मोहन गोलेले भगवाती पाण्डेकाे अभिब्यक्तीले तामाङ र मगर समुदायमा ठूलो चोट पुगेकोले सरकारले कार्बाही नगरे यसको परिणाम सरकारले नै लिनुपर्ने र समस्याको समधान सरकारले दिन सकेन भने सरकारले ठुलाे ठुलाे चुनौती सामना गर्नुपर्ने बताएका थियो। अवार्ड वितरण समारोहमा संघले प्रकाशित ह्ययङ्ला काई (हाम्रो आवाज ) को बिमोचन र गायक सुनिल लामाले वरिष्ठ गायक चन्द्र कुमार मोक्तानको साङला जिर्मा बोलको गित रिमिक्स गरि रिमेक गरिएको गितको भिडियो पनि मन्त्री लामाले सार्वजनिक गरिएको थियो। तामाङ पत्रकार संघका अध्यक्ष सुबास योन्जनको सभापतित्वमा सन्पन्न उक्त कार्यक्रममा नेपाल सरकारका उपा सचिब रुद्र सिंह तामाङ , डा. मुक्त सिंह लामा थोकर, पत्रकार संघका सस्थापक अध्यक्ष रबिन्द्र ग्याबक तामाङ ,फोनिकका उपाध्यक्ष लक्की चौधरी ,भाषा आयोगका सदस्य तथा भाषाबिद अमृत योन्जन, तामाङ डाजाङका अध्यक्ष फुलकुमार बोम्जन,पत्रकार महासंघका सदस्य सन्चु ब्लोन, अवार्ड छनौट समितिका संयोजक प्रतिक ङ्यासुर, पहिलो तामाङ समाचार वाचिका रमिता बल, सन्तबिर मोक्तानले आ - आफ्नो शुभकामना मन्तव्य राखेका थियो। संघले रेडियो नेपालमा तामाङ समाचार प्रशारण भएको भाद्र एक गतेलाई २०५१ सालदेखि तामाङ प्रशारण दिबस मनाउदै आएको संघका महासचिव तिर्थमान बल तामाङले बताएको थियो।

फाेटाेमा हेर्नुहाेस्...

तामाङ मिडिया अवार्ड -२०८०मायालु ङ्यासुर र सन्तवीर मोक्तानलाई

Comments