सामाजिक अभियान्ता सरस्वती नेपालीलाई गरियो सम्मान


साउन ३२, २०८०, बिहीबार | दिउँसो १२:२५ बजे | 75


सामाजिक अभियान्ता सरस्वती नेपालीलाई गरियो सम्मान

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ र प्रेस सर्कल नेपालले सामाजिक अभियान्ता सरस्वती नेपालीलाई सम्मान गरेको छ । 
अमेरिका सरकारले नेपालीलाई नेपालमा दलित समुदायको हक अधिकार स्थापित गर्न पु¥याएको योगदानको कदर गर्दै हालै ग्लोबल एन्टिरेसिज्म चेप्यियन अवार्डबाबाट सम्मानित गरेको थियो । 
विभेदमा परेका नागरिकहरुको हक हित र अधिकारका लागि काम गर्ने विश्वमा ५ जना नागरिकलाई अन्तराष्ट्रिय सम्मानबाट सम्मान गरेको थियो । बैतडीमा बसेर लामो समयदेखि दलित सुमदायको विभेदका विरुद्ध आवाज उठाउँदै आएकी नेपालीलाई सो क्षेत्रका दलित आन्दोलनका सँगसँगै भुमी आन्दोलनमा सक्रिय भएवापत अमेरिकाको विदेश मन्त्रालयले सम्मा गरेको थियो । 
केही दिनअघि मात्र सो अवार्ड थापेर नेपाल फर्किएकी नेपालीलाई राष्ट्रिय दलित पत्रकार संघ र प्रेस सर्कल नेपालले काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ अध्यक्ष विनोद पहाडी, देउराली फाउण्डेसनका अध्यक्ष भीम घिमिरे, प्रेस सर्कल नेपालका संयोजक गोपाल बराइली, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य प्रकाश धौलाकोटी लगायतले ताम्रापत्रसहित सम्मान गरे । 
सो अवसरका राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले दुरदराजमा रहेकी नेपाली चेलीले अन्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित हुनु आफैंमा पालका लागि गौरवको विषय भएको बताए । ‘नेपाललको प्रतिनिधित्व गर्दै दलित समुदायकी चेलीले अमेरिकाको विदेश मन्त्रालयले खोजीखोजी सम्मान गर्नु भनेको नेपाललाई सम्मान गर्नु हो’ उनले भने, ‘यसरी नै दुरदराजमा रहेर आवाजविहीनहरुको आवाज उठाउने व्यक्तिको खोजी गरिनुपर्छ ।’
सो कार्यक्रममा श्रमजिवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, शिक्षा पत्रकार समाजका अध्यक्ष कृष्ण मल्ल, अग्रज पत्रकार चक्रमान शंकर लगायतले सम्मानित नेपालीले आगामी दिनमा पीडित समुदायको आवाज बोक्ने नेतृत्वको रुपमा लाग्न आग्रह गरे । 

Comments