भ्वाइस अफ वागीश्वरी सिजन ३, भाद्र २२ देखि


साउन ३२, २०८०, बिहीबार | विहान ०६:१४ बजे | 35


भ्वाइस अफ वागीश्वरी सिजन ३, भाद्र २२ देखि


Nabindra

कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसार यस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने छन् । यसका लागि श्रावण ३० गतेदेखि भाद्र १२ गते सम्म दर्ता गर्ने समय तोकिएको छ। अडिसन‌को भने भाद्र २२, शुक्रवारको दिन विहान ११ बजे देखि हुने जानकारी प्राप्त भएको छ । सो गायन प्रतियोगितामा निर्णायक मण्डलमा काठमांडौ विश्वविद्यालयका संगीत विभागका संयोजक तथा गायक राजकुमार मानन्धर, अर्का गायक तथा संगित संयोजन कर्ता गनु राज राई र गायिका सरिता प्रजापति रहनु हुने जानकारी प्राप्त भएको छ। कार्यक्रममा साउण्ड पार्टनरका रूपमा भक्तपुर साउण्ड एण्ड लाइट्स, अडियो मास्टरिङ पार्टनरको रूपमा अक्टेभ म्युजिक स्टुडियो, अनलाइन मिडिया पार्टनर एबिसिडी खबर तथा ज्ञानखबर, टेलिभिजन पार्टनर भादगाउँ टि.भी. र ब्युटि पार्टनरका रूपमा सर्मीज ब्यूटि जोन रहेका छन्। कार्यक्रममा आइकन म्युजिक एकेडेमी र अक्टेभ म्युजिक स्टुडियो ले आंशिक रूपमा पुरस्कारको प्रायोजन गरेको जानकारी छ। स्मरणीय छ भ्वाइस अफ वागीश्वरी प्रथम २०७२ मा र दोस्रो २०७८ सालमा सम्पन्न भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भ्वाइस अफ वागीश्वरी सिजन ३, भाद्र २२ देखि

Comments