भक्तपुर थप ५० जना कोरोना संक्रमित
असोज ९, २०७७, शुक्रबार | दिउँसो १२:०५ बजे | 20
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५० जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।
यो सँगै उपत्यकामा कोराना संक्रमितको संख्या १९ हजार ९७४ पुगेको मन्त्रालयले जनाएको छ।
काठमाडौंमा १६ हजार २६७ ललितपुरमा १ हजार ९१७ र भक्तपुरमा १ हजार ७९० संक्रमित पुगेका छन्।
शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ७० हजार ६ सय १४ पुगेको ताए।
शुक्रबार देशभर १८ हजार २ सय ८९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ५१जना रहेका छन्। आज ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा १ सय ४ सय ५५ जना कोरोना मुक्त भएका छन्।
यो सँगै संक्रमण मुक्त हुने संख्या ५१ हजार ८ सय ६६ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.४ प्रतिशत रहेको छ।
हालसम्म कोरोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।