नवनियुक्त मन्त्री अनिता देवीले मन्त्री पदको लिईन शपथ
साउन २९, २०८०, सोमबार | विहान ०९:३६ बजे | 55
नविना श्रेष्ठ जनमत पार्टीकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेको छ। सोमबार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई शपथग्रहण गरेका छन्। शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालगायत सहभागी रहेको छ। यसअघि सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी थिए।