२९औ तामाङ प्रशारण दिबस मनाउने
साउन २९, २०८०, सोमबार | विहान ०९:२८ बजे | 50
तामाङ पत्रकार संघ भक्तपुर शाखाले २९औ तामाङ प्रशारण दिबस मनाउने भएको छ। मानवशास्त्री डा.मुक्त सिंह लामा तामाङको प्रमुख आतिथ्यतामा वर्तामान परिस्थितिमा तामाङ पत्रकारको अबस्था,सम्भावना चुनौती बारे बहस कार्यक्रम हुने आयोजक समितिका अध्यक्ष सुदिन दोङ तामाङले बताएको छ। २०५१ सालदेखि भाद्र १रेडियो नेपालबाट समाचार (सङ्ग्युर) प्रशारण गरेको दिनलाई तामाङ पत्रकार संघले प्रत्येक बर्ष भाद्र १ गतेलाई तामाङ प्रशारण दिबसको रूपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको छ। प्रशारण दिबस साउन ३०गते माउन्टेन मल्टिपल कन्सल्टेन्सि सुर्यबिनायक भक्तपुर मा हुने भएको छ।