ख्वप साकोसको नेतृत्व विकास तालिम नगरकोटमा
साउन २८, २०८०, आइतबार | विहान १०:५१ बजे | 75
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को नेर्तृत्व विकास तालिम शनिबार नगरकोटमा सम्पन्न भयो । सो कार्यक्रममा सहभागिहरुलाई नेमकिपाका केन्द्रीय सचिव तथा भक्तपुर जिल्ला क्षेत्र नं १ का सांसद का.प्रेम सुवालले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा उहाँले युवाहरु लागु पदार्थ सेवन, जुवा, तास खेल्न र जाड रक्सी पिउनमा लागे देश पछि पर्छ । सहकारीका नेतृत्व लागु पदार्थ सेवन मध्यपान र धुम्रपानबाट अलग रही सहकारीलाई अगाडि बढाउन अध्ययनशील रहनु पर्छ । सहकारीका विषय बस्तु तथा देशका बर्तमान विषयमा अन्तरक्रिया गोष्ठी आयोजना गर्नुपर्छ ।अनिमात्र सहकारीमा आएका अन्य समस्याका समाधान निकाल्न सक्छ भन्नुभयो ।
उहाँले सिभिल सहकारीका प्रमुख नै त्यसबेला संसद सदस्य रहेको र मिटर ब्याजी नरहे युवाहरु विदेशमा कसरी जान्छ भनि .संसदमा एमाले माओबादी काग्रेसका का.सासदहरु प्रश्न गर्छन । मिटर ब्याजीलाई फाइदा हुने गरी संसदमा विद्येयक ल्याएको र पास गरेको बताउनु भयो ।
उहाँले प्रम पुष्पकमल दाहालले भुटानी शररणार्थीको बिषय अन्तराष्ट्रियकरण भएको संसदमा बताएको यसमा बालकृष्ण खाड र टोप बहादुर रायमाझी समात्नु यसमा केपी ओली देउवाका सहमति हुनुपर्छ भन्नुभयो ।संसदमा नेमकिपाले देश जनताको समस्याको विषयमा आवाज उठाएको छ । सिंहदरवारमा बस्नेहरु राम्रो भए र राम्रो काम गरे देश राम्रो हुन्छ भन्नुभयो ।
उहाँले सहकारी कर्मीले युक्रेनको विषयमा पनि बुझ्नुपर्ने नेपालले अमेरिका पक्षमा मत दियो चीन र भारतले ततष्थ बसि रुसबाट सस्तोमा कच्चा पदार्थ र टेल लिए ।अमेरिकी राष्टपतिका छोरा वाइडेन अमेरिकामा रहेको जेलेन्सकीको उद्योगमा काम गर्छन । जेलेस्कीको काँधमा बन्दुक राखी अमेरिकाले युक्रेन युद्ध लडिरहेको बताउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले नेर्तत्व विकास तालिमले सहकारी संस्थालाई अझ सबल र बलियो बनाउँछ । सहकारीको मूल्य मान्यताअनुसार काम गरे सहकारी संघ संस्थामा समस्या आउदैन । भक्तपुर नपाले सहकारी संघ संस्थाबाट जम्मा गरेको सामुदायिक विकास कोषको रकम ख्वप अस्पतालमा आएका विपन्न र असहाय विरामीलाई प्रयोग गर्ने हो । भक्तपुर नपाले नगरवासीहरुलाई निःशुल्क अक्सिजन र रगत वितरण गरिरहेका छ । नगरपालिकाले शिक्षा स्वास्थ्यलार्इृ प्राथमिकताका साथ अगाडिी बढाइरहेको जानकारी दिनु भयो ।
उहाँले नेर्तत्वले सुझबुझका साथ काम गर्नु पर्छ आफ्संग भएको श्रोत साधनलाई प्रयोग गरी अगाडी बढनुपर्छ अरुलाई अफठयारो पर्दा सहयोग गर्नुपर्छ भन्नुभयो । उहाले भक्तपुर नपाले पुरानो जनज्योति पुस्तकालय भवनमा कोसेली घर सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।
संस्थाका सल्लाहकार कुमार लघुले नेर्तत्व वर्गले कसैप्रति बिमति राख्न हुदैन । आएका समस्या सर सल्लाह गरी समाधान गर्नुपर्छ । नेर्तृत्व वर्ग स्नातक र स्नाकोत्तर उत्तीर्ण हुनुको साथै आर्थिक क्षेत्रको बिज्ञ भए झन राम्रो हुन्छ । आर्थिक क्षेत्रमा हिनामिना भए समाजले थुक्छ भन्नुभयो ।
संस्थाका अर्का सल्लाहकार शिक्षासेवी बालमुकुन्द बासुकलाले ख्वप साकोसले अरु राम्रा सहकारीका सकारात्मक कुरालाई ग्रहन गरी लागु गर्दा स.स्थाको थप विकासमा टेवा दिन्छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष तथा कार्यक्रमका सभापति राजकुमार लघुले संस्थाको प्रगतिबारे जानकारी गराउँदै संस्थाको भवन निर्माण गर्न प्रत्यनशील रहेको समिति उपसमितिले निधारित बार्षिक कार्ययोजना अनसार क्रियाककलाप गरे लक्ष्यमा पुग्न सजिलो हुन्छ ।निर्वाचन निर्देशिका २०६६ अनुसार १६ औं साधारण सभाबाट नयाँ नेतृत्व चयनको प्रयोजनका लागि नेर्तृत्व विकास तालिम सञ्चालन गरेको हो भन्नुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष राजेश व्यान्जू, सचिव लक्ष्मीनारायण सुवाल, सञ्चालक सदस्य विकास ब्यान्जूले नेर्तत्व विकास तालिमको महत्व र संस्थाको गतिविधी माथि प्रकाश पार्नु भयो । नेर्तत्व विकास तालिमको संयोजन प्रशिक्षक तुल्सी हरि प्रजापतिले गर्नुभयो ।नेर्तत्व विकास तालिममा ख्वप साकोसका सञ्चालक ,सल्लाहकार र लेखा समिति तथा विभिन्न समिति उपसमितिकागरी ४७ पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
फाेटाेमा हेर्नुहाेस्...