रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानको स्थापना


साउन २६, २०८०, शुक्रबार | विहान ०६:३४ बजे | 85


रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानको स्थापना

धार्मिक तथा सामाजिक व्यक्तित्व स्व. रामशरण (नानीकाजी) सिलवालको ८२ औँ जन्म जयन्तीको अवसरमा रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानको स्थापना भएको छ । ५  लाख ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष सहित स्थापना भएको रामशरण (नानीकाजी) सिलवाल स्मृति प्रतिष्ठानले धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रमा योगदान गर्ने उद्धव सिलवालले जानकारी दिनुभएको छ । भक्तपुर बालकोट निवासी रामशरण (नानीकाजी) सिलवाल केही महिनाअघि स्वर्गारोहण हुनुभएको थियो ।  

स्व. रामशरण (नानीकाजी) सिलवालको ८२ औँ जन्म जयन्तीको अवसरमा मानव सेवा आश्रम कैशलटारमा रात्री भोजन कार्यक्रम पनि आयोजना भएको छ । बिहिवारका दिन  आश्रममा रहेका बृद्धबृद्धा र असाहय लाई रात्री भोजन कार्यक्रम गरी स्व. रामशरण (नानीकाजी) सिलवालको सम्झना गरिएको छ । उक्त कार्यक्रममा पारिवारिक सदस्य सहित सामाजिक व्यक्तित्वहरूको पनि सहभागिता रहेको थियो । 


Comments