ब्यासीमा ख्वप साकोसबाट सम्हेबजी र वः चतामरी प्रदर्शन


साउन २२, २०८०, सोमबार | दिउँसो ०१:२९ बजे | 145


ब्यासीमा ख्वप साकोसबाट सम्हेबजी र  वः चतामरी प्रदर्शन

भक्तपुर । भक्तपुर नगरपालिकाबाट श्रावण २० गते  आयोजित पर्यटन पदयात्रा र स्थानिय उत्पादन प्रदर्शनीमा ब्यासी पोखरी वरपर ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उपसमितिबाट नेवारी खाजा सम्हेबजी तथा वः चतामरी प्रदर्शन गरियो । प्रदर्शनीमा ख्वप बचतबाट पानी खुवाउने कार्य पनि सम्पन्न भयो  । ख्वप साकोस महिला उपसमितिका सदस्य बबी मैया कवांका अनुसार नेवारी खाजा १४० भाग विक्री भएको वः चतामरी ४० भाग विक्री भएको र पर्यटकहरुले नेवारी खाजा सम्हेबजी स्वादिलो मानी खाएको  बताउनु भयो । 
    ख्वप बचत तथा ऋण सहकारी संस्था लि अध्यक्ष राजकुमार लघुले आन्तरिक पर्यटन विकास गर्न भक्तपुर नगरपालिकाले आयोजना गरेका पदयात्रा र स्थानिय उत्पादन प्रदर्शनी अन्तरगत सम्हेबजी  र ब चतामरीको स्टलमा  राखि ख्वप साकोसले पनि सहभागिता जनाएको हो भन्नुभयो । ब्यासीको स्टलमा हरिभजन दाफा समूहले ऐतिहासिक ख प्याखँको पोशाक र खः प्याखँका कलाकारहरुको फोटो र चिनारी छोसो पाटीमा प्रदर्शनी गरियो । कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका  सदस्यहरुले नेमकिपाका पार्टी प्रकाशनहरु  र सम्पदा तथा संस्कृतिसंग सम्वन्धित पुस्तकहरु प्रदर्शनीमा राखिएको यियो । ब्यासी सांस्कृतिक समूहका कलाकारहरुले फाकंदली प्याखँ प्रस्तुत  गरी पदयात्रा कार्यक्रमलाई रोमाञ्चक बनायो । ब्यासीको स्टलमा भिन्तुना साकोसले योमरी बनाई प्रदर्शनी र विक्री वितरण गरेका थिए । पदयात्रामा सहभागि भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र विभिन्न वडाका वडाअध्यक्ष र ¥यालीमा सहभागि महानुभावहरुले ब्यासीमा रहेका विभिन्न स्टलहरु अवलोकन गर्न भएको थियो । ¥यालीमा सहभागि अतिथिहरुलाई ब्यासी ध्वाकामा हरि भजन दाफा समूहका बासुरी बाजा कलाकारहरुले बासुरीको धुन बजाई स्वागत गरेका थिए । 

फाेटाेमा हेर्नुहाेस्...

ब्यासीमा ख्वप साकोसबाट सम्हेबजी र  वः चतामरी प्रदर्शन

Comments