ख्वप साकोसमा उदघोषण तालिमको प्रमाणपत्र वितरण
साउन २२, २०८०, सोमबार | दिउँसो ०१:१५ बजे | 55
भक्तपुर । ख्वप बचत तथा ऋण सहकारी संस्था लि. महिला उपसमितको बाट आयोजित एक हप्ते उदघोषण तालिमको प्रमाण पत्र वितरण कार्यक्रम भक्तपुर नगरपालिका वडानं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाको प्रमुख आतिथ्यतामा शनिबार ब्यासीमा सम्पन्न भयो ।कार्यक्रममा २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकलाले उदघोषण तालिमले ब्यक्तित्व विकासमा टेवा दिने आशा प्रकट गर्दै स्थानिय टीम, क्लव, पुस्तकालय, विद्यार्थी समिति ,युवा समितिमा बसेर काम गरे अझ तालिमबाट लिएको शीप तिखार्न पाउँछ भन्नुभयो । उहाले डेगु रोगबाट सचेत रहन स–चेतना ¥याली आयोजना गरेको जानकारी गराउदै २ वडा शहरी स्वास्थ्य केन्द्रमा थप लायव सेवा विस्तार गरेको जानकारी दिनुभयो । उहाले भक्तपुर नपालले शिक्षा स्वास्थ्य र खेदकुदलाई प्राथमिक दिइरहेको बताउनुभयो ।
कार्यक्रममा स्थानिय गणेश प्रसाद सुवालले नेमकिपाले शिक्षाले समाज परिवर्तन हुने सोचेर कार्य गरिहेको जानकारी दिंदै समाजबादी व्यवस्थामा मात्र शिक्षा स्वास्थ्य निशुल्क हुन्छ भन्नुभयो ।
ख्वप बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष राजकुमार लघुले ख्वप बचतले निरन्तर शीपमूलक आयमूलक तालिमहरु आयोजना गरिरहेको छ । यस संस्थाले शेयर सदस्यहर र युवा विद्यार्थीहरुको ब्यक्तित्व विकास र भाषण कला विकास गर्न तालिम आयोजना गरेको हो भन्नुभयो ।
ख्वप साकोस महिला उपसमितिका संयोजक रामलक्ष्मी लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा उदघोषण तालिमका प्रशिक्षक रबीन्द्र प्रसाद कुसी, महिला उपसमिति सदस्य रिता मैया सुवाल, । बबी मैया कवांले तालिमकोमहत्वमाथि प्रकाश पार्नु भयो । पुरस्कार वितरण कार्यक्रममा प्रशिक्षार्थीहरु रोजी लघु अमिता ब्यान्जू क्रिजला लघु ,विनीता सुवाल, नेहा ब्यान्जू ,मैया लघुले बोल्नु भएको थियो । तलिममा सहभागी २१ जना प्रशिक्षार्थीहरुलाई प्रमुख अतिथि भक्तपुर नगरपालिका वडानं २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले प्रमाण पत्र वितरण गर्नु भयो ।
फाेटाेमा हेर्नुहाेस्...