टोखामा पहिरो ः घरहरु जोखिममा
साउन २१, २०८०, आइतबार | दिउँसो १२:५२ बजे | 65
नविना श्रेष्ठ
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर २ स्थित चण्डेश्वरी जानेबाटो निर भोसिमांगलमा पहिरो गएको छ । लगातार वर्षाको कारणले गर्दा सो स्थानमा पहिरो गएको हो । स्थानीय मंगलबहादुर कर्माचार्यको घर पछाडि गएको पहिरोले गर्दा उहाँको घर समेत जोखिममा परेको छ ।
अस्ति तीन दिन लगातार परेको वर्षाले गर्दा राती ११ः०० बजे पहिरो गएको मंगलबहादुर कर्माचार्य र परिवारले बताए । पहिरोले गर्दा घर जोखिममा परेकाले टोखामा रहेको विपत व्यवस्थापन टोलीले जोखिमलाई निर्मुल गर्न बाँस काटेर बाँसको किल्ला ठाउँ– ठाउँमा गाडी सहयोग गरिरहेका छन् । वडा –२ र टोखा नगरपालिकाका टोली आई निरीक्षण गरिसकेका छन् भने सो स्थानमा नेपाली कांग्रेस क्षेत्र नं ५का सांसद प्रदिप पौडेल, क्षेत्र नं ५ का सभापति श्याम बहादुर खड्कालगायत संघसंस्था क्लबका व्यक्तित्वहरुले पनि पहिरोको निरिक्षण गरे । तत्काल पहिरोलाई रोक्न जोखिमबाट जोगाउन केही उपायहरु खोज्दै घरलाई जोखिमबाट बचाउन त्रिपालहरु राखेका छन् । अब यसलाई कसरी रोक्न सकिन्छ र पहिरोले छुन लाएको घरलाई नगरपालिका र केन्द्रबाट के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ ।
फाेटाेमा हेर्नुहाेस्...