तामाङ समुदायबाट मन्त्री भएका तीन जना मन्त्रीहरू सम्मानित
साउन २१, २०८०, आइतबार | विहान ०७:२० बजे | 60
संगम लामा
बाग्मती प्रदेशमा तामाङ समुदायबाट मन्त्री भएका तीन जना मन्त्रीहरूलाई नेपाल तामाङ कलाकार संघले सम्मान गरेको छ ।
तामाङ समुदायको पहिलो गायक ÷लोक सम्राट चन्द्रकुमार मोक्तानको प्रमुख आतिथ्यमा तामाङ समुदायबाट बागमती प्रदेश सरकारमा सहभागी माननीय खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तीर्थ बहादुर लामा, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, सामाजिक बिकास मन्त्री कुमारी मोक्तानलाई सम्मान गर्नुका साथै सगरमाथा आरोही पेमा टासी तामाङलाई पनि सम्मान गरिएको थियोे ।
उक्त सम्मान कार्यक्रममा मन्त्ब्य दिने भक्तहरुले भगवती पाण्डेको अभिब्यक्तिले तामाङ समुदायको आत्मा सम्मानमा ठेस् पुगेकाले पाण्डेले ठुलो क्षेती ब्यहोर्नु पर्ने र तामाङ समुदायको आफ्नै भाषा,धर्म , संस्कार संस्कृती छ,तामाङ समुदायको संस्कार माथी हमला गर्नेलाई तुरुन्तै कार्वाही गर्न सरकार समक्ष माग गरिएको छ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ्का संघीयअध्यक्ष मोहन गोले, अन्तर्राष्ट्रिय तामाङ परिषदका महासचिव टासी लामा, तामाङ चलचित्र संघका अध्यक्ष आस्मान वाईबा,वाईबा समाजका अध्यक्ष बिरेन्द्र तामाङ वाईबा, म्हेन्दो माया कलाकार संघका अध्यक्ष राम गोम्जा, तामाङ कलाकार संघका बरिस्ठ सल्लाहकार प्रदिप बोम्जन, रोज मोक्तान , प्रेम लोप्चन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।
नेपाल तामाङ कलाकार संघका अध्यक्ष बिश्व दोङ्को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम संघको महासचिव रोशन फ्युबाले सन्चलान गरिएको थियो।
फाेटाेमा हेर्नुहाेस्...