पाेखरीहरूकाे शहर – भक्तपुर


साउन २०, २०८०, शनिबार | विहान ०६:१६ बजे | 75


पाेखरीहरूकाे शहर – भक्तपुर

नेपालका ७७ जिल्लामा सबैभन्दा सानाे भक्तपुरकाे पनि सबै भन्दा सानो नगर भक्तपुर हो । हाल १० वडामा विभाजित याे नगरकाे क्षेत्रफल ६ दशमलव ८८ वर्ग किमी छ। क्षत्रफलकाे आधारमा सानाे भएता पनि याे माैलिक वास्तुले धनी भएका एउटे उदाहरण यति सानाै नगर भित्र ४ दर्जनभन्र्दा बढी साना ठला पाेखरीहरू हुनुबाट प्रस्ट हुन्छ । किरातकालमै खोपृङ नामले प्रसिद्वि कमाइसकेकाे याे नगर लिच्छवि राजा शीवदेव द्वितीय र अंशुवर्माकाे समयसम्म आइपुग्दा माखा्ेपृङ सतलद्रङ भइसकेका प्रमाण भक्तपुर गाेल्मढीकाे वि.स. ५१६ काे अभिलेखबाट पुष्टि हुन्छ । यसकाे अर्थ तत्कालीन समयसम्ममा भक्तुपर विकसित बस्तीहरूकाे शहरकाे रूपमा विकास भएकाे जानकारी मिल्छ । वास्तुशास्त्र मुताविक त्यसबखत यहाँ वास्तुका विभिन्न अंगहरू जस्तै थुप्रै पाेखरीहरू समेत बनेका हनुपर्छ । तर त्यसबखतकाे इतिहासमा लिखित रूपमा पाेखरीहरूका बारे उल्लेख भएकाे पाइएकाे छैन ।
.
तः पुखुले प्रसिद्घ सिध्द पाेखरीकाे निर्माण ने .स २३९ मा भएकाे प्रमाण आफैमा एतिहासिक दस्तावेज हाे । त्यस्तै साही तः पखुभन्दा केही दरी पूर्व अर्का्े एउटा ठूलाे पाेखरी रहेकाे छ। जसलाइ नर्ः पुखुले चिनिन्छ । याे पाे खरीकाे निर्माण तःपुखु भन्दा ५० वर्ष पछि भएकाे अथात ने .स. २८९ तिर भएकाे महत्वपर्ण सुचना गापाल राजवशावलीबाट प्राप्त हुन्छ । भक्तपुर तलेजुभित्रको दुमाज पाुखरी अर्काे एक एतिहासिक पाेखरी हाे । यहाँ भक्तपुर नगर स्थापनासित जाडिएकाे भालाछे पाेखरी र गलसी पाेखरीकाे नाम बिर्सनु हुँदैन अझ कहावतम सीमित भए पनि, पैराणिककालम लामगः पाेखरी बनिसकेका देखिन्छ । रावणकाे घुडाल बनकाे खाल्डाेमा निर्मित पाेखरी रावण गः न पछि अपभशा भइ लामगः पोखरी भएको कहावत छ ।
.
भक्तपुर नगर भित्रका टाेल बस्तीमा रहेका प्रार्यः पाेखरीहरू परापर्वकालदखिनै यहाँकाे स्थानीय बासिन्दाहरूकाे धर्म, कर्म तथा संस्कृतिसित अभिन्न सम्बन्ध गास्दै आइरहकाेछ । बिहान उठनासाथ नित्य स्नान, मुख धुने, तर्पण दिने , देवदेवीलाइ शुध्द जल चढाउन जस्ता कार्यहरूमा यहाँका पाेखरीहरूकाे उपयोग हुँदै आएको छ । नगरको बाहिरी भेगमा रहेका पाेखरीहरूमा दक्षिणी दिशा बाहेक पूर्वका यातुबाहार, कमलविनायक पाेखरी, उत्तरमा मगथा पाेखरी, पश्चिममा रानी पाेखरी, भाजु पाेखरी, तः पाेखरी, नः पाेखरीहरूकाे डिलमा नेवारहरूकाे इष्टदेवता दिगुद्यः रहका छन । जहाँ दिनलाइ आधार बनाएर सुभ्याक लगायत तः दिन, अक्षय ततिया, सिथी र बारलाइ आधार बनाएर आइतबार र विहीबार ठूला मेला लाग्छ । यता धार्मिक तथा सास्कृतिक आधारमा तःपुखु सिद्घ पाेखरीकाे नाम अगाडि आउँछ । यहाँ भाद्रशुक्ल चतुदर्शी र पूर्णिमाकाे दिन ठूला मेला लाग्छ ।
लेखकः संस्कृतिविद् ओम धौभडेल

Comments