२९औं विश्व आदिवासी दिवस विभिन्न कार्यक्रम गरी मनाइने
साउन १९, २०८०, शुक्रबार | दिउँसो ०१:१३ बजे | 35
काठमाडौं । २९ औ विश्व आदिवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरी मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा वितररित प्रेस विज्ञप्ति
विश्वका आदिवासीहरुले विगत २९ वर्ष देखि मनाउंदै आईरहेको अन्तराष्ट्रिय विश्व आदिवासी दिवश नेपालका आदिवासी जनजातिहरुले पनि विशेष उत्सवका रुपमा मनाउंदै आएका छन । आदिवासी जनजातिहरुको जातीय, भाषीक, साँस्कृतिक तथा धार्मीक पहिचानलाई स्थापीत गर्ने, आदिवासीहरुको मौलिक ज्ञान सिप र उनीहरुको थाकथलोको संरक्षण एवम् प्रवर्धन गर्ने तथा राज्यका हरेक निकायमा समानुपातीक समावेशी सिद्धान्तको आधारमा अर्थपूर्ण र सम्मानजनक सहभागिता जनाउने मुद्धाहरुलाई राष्ट्रिय वा अन्तराष्ट्रिय रुपमा बहस पैरवी गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई मनाउने गरिएको छ । यसका साथै विश्व आदिवासी दिवश विभिन्न साँस्कृतिक कार्यक्रमहरु सहित सम्पन्न गर्ने अभ्यास विगत देखि नै भएको छ । यो उत्सवमा नेपालका आदिवासी जनजातिहरुका पहिचान झल्किने साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिन्छ ।
नेपाल आदिवासी जनजाति महासंघले यो वर्ष “पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रबद्र्धन गर्दै पूख्र्यौली भूमी, भाषा र संस्कृतिको संरक्षण गरौंं” भन्ने मूल नारा र “आत्मानिर्णयका लागि परिबर्तनका सम्वाहक आदिवासी यूवा” भन्ने संयुक्त राष्ट्रसंघको मूल नारा सहित २९औं विश्व आदिवासी दिवस भब्य रुपमा मनाउन गैरहेको छ ।
यहि मिति २०८० श्रावण २४ गते बुधबारको दिन नेपालका आदिवासी जनजातिहरुका मातृभाषा र लोकभाकामा बनेका गीतहरु, साँस्कृतिक झाँकीहरु, स्थानिय र रैथाने प्रकृतिका आदिवासी जनजातिय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातिय भेषभुषा सहित राजधानीको मध्य भाग भृकुटीमण्डपको प्रदर्शनीमार्ग देखि प्रज्ञाभवन कमलादीसम्म परिक्रमा गरी आदिवासी जनजातिहरुको भव्य प्रस्तुतिलाई प्रतिविम्वित गरीनेछ । साँस्कृतिक झाँकी सहितको ्याली ११ बजे भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुनेछ ।
नगरपरिक्रमा पछि प्रज्ञा भवनको सभाहलमा मूल समारोहका प्रमूख अतिथि सम्माननिय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डज्यूबाट मूल समारोहको समुदघाटन हुने छ । सो कार्यक्रममा नेपाल सरकारका माननीय मन्त्रीज्यूहरु, पार्टी प्रतिनिधिहरु, संवैधानिक निकायका प्रमुखहरु, माननीय साम्सदहरु, महासंघका पूर्ब प्रमूखहरु, विभिन्न आदिवासी जनजाति विशिष्ट ब्यक्तीत्वहरु, जातीय संस्था र सम्बन्धन संगठनका अध्यक्षहरु लगायत विभिन्न क्षेत्रका आदिवासी जनजाति संघ संस्थाहरुबाट हजारौको उपस्थीति रहने छ ।
२९ औ विश्व आदिवासी दिवशको अवसरमा मूल समारोहमा उपस्थीत प्रमूख अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डज्यू लगायत विभिन्न विशिष्ट ब्यक्तीत्वहरुले आदिवासी जनजातिहरुको सवालमा बिचार मन्तब्य राख्नूहुनेछ भने विभिन्न जातीय संस्थाहरुबाट आ आफनो मौलिक साँस्कृतिक नृत्यहरु पनि प्रस्तुत हुनेछन ।
२९ औ विश्व आदिवासी दिवशको अवसरमा प्रज्ञा भवनको पछाडी पट्टी रहेको खूल्ला बगैचामा आदिवासी जनजातिहरुको विभिन्न मौलिक खानपिनहरु प्रदर्शनी ( फुड फेस्टीवल) तथा विक्री वितरण स्टलहरु पनि राखीने छन ।
२९ औ विश्व आदिवासी दिवशको अवसरमा नेपाल आदिवासी जनजाति महासंघसंग आबद्ध विभिन्न जातीय संस्थाहरु र सम्बन्धन संगठनहरुद्धारा निम्न अनुसार कार्यक्रमहरु आयोजना हुने समेत जनकारी गराउदछौ ः
२९औ विश्व आदिवासी दिवसको अवसरमा आयोजीत केन्द्रीय तहका कार्यक्रमहरु ः
१) नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय
कार्यक्रम ः २९ औ विश्व आदिवासी दिवस मूल समारोह
मिति ः २०८० श्रावण २४ गते बुधबार ।
स्थान ः मूल समारोह नेपाल प्रज्ञा प्रतिष्ठानको सभाभवन, कमलादि काठमाण्डौ ।
समय ः १२ ः ३० बजे
झाँकी ¥याली सूरु हुने स्थान ः भृकुटिमण्डप, विहान ११ बजे ।
२) तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद) केन्द्रीय कार्यसमिति
कार्यक्रम ः २९ औं विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलनको अवस्था बारे अन्तरक्रीया कार्यक्रम
मिति ः २०८० श्रावण १९ गते, शुक्रबार ।
स्थान ः संस्थाको केन्द्रिय कार्यालय, मित्रनगर काठमाडौ
समय ः दिउँसो ३ः०० बजे
३) सुनुवार सेवा समाज, केन्द्रीय कार्यसमिति
कार्यक्रमः शूभकामना आदानप्रदान तथा आत्मनिर्णयको अधिकार कार्यन्वयनका लागि कोइँच (सुनुवार) युवाको भूमिका विषयक अनुशिक्षण कार्यक्रम
मिति ः २०८० श्रावण १९ गते शुक्रबार
स्थान ः सुनुवार सेवा समाजको केन्द्रिय कार्यालय, कोटेश्वर,काठमाडौ
समय ः बिहान ११ः०० बजे
४) नेपाल मगर संघ केन्द्रीय कार्यसमिति
कार्यक्रम ः आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र चुनौति बिषयक अन्तरक्रिया कार्यक्रम
मिति ः २०८० श्रावण २० गते शनिबार
स्थान ः ओ. डि. सी. ईन्टरनेसनल, बसुन्धारा काठमाडौ
समय ः बिहान ११ः०० बजे
५) आदिवासी जनजाति महासघ, महिला विभाग
कार्यक्रम ः आदिवासी जनजाति महिलाहरुको समानुपातिक समावेशी प्रतिनिधित्व र सिडको सिफारिस नं.३९ आदिवासी महिला र किशोरीको सवाल बारे अन्तरकृया कार्यक्रम
मिति ः २०८० श्रावण २१ गते, आईतबार ।
स्थान ः पेन्सन भासना होटल, डिल्लीबजार काठमाण्डौ ।
समय ः दिनको १ बजे ।
६) किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति
कार्यक्रम ः संस्थाको ३६औ स्थापना दिवस तथा १ नं. प्रदेश पुनः नामकरण बहस
मिति ः २०८० श्रावण २२ गते
स्थान ः क्रीष्टल पार्टी प्यालेस, मनभवन ललितपूर
समय ः बिहान ११ः०० बजे
७) आदिवासी जनजाति अपाङ्ग संघ
कार्यक्रम ः ल्बतष्यलब िीभखभ िध्यचपकजयउ यल थ्यगतज भिबमभचकजष्उ बलम भलनबनझभलत ष्ल ऋबmउबष्नल या लिमष्नभलभष्तथ, ध्यmभल बलम क्ष्एधम्क
मिति ः २०८० श्रावण २२ गते
स्थान ः पेन्सन भासना होटेल, डिल्लीबजार काठमाण्डौ ।
समय ः १२ बजे ।
८) राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
कार्यक्रम ः इलभ(मबथ ष्लतभचबअतष्यल उचयनचबm यल क्ष्लमष्नभलयगक थ्यगतज द्यबअप तय त्जभष्च च्ययतक ब्ल क्ष्लतभचबअतष्खभ म्ष्बयिनगभ।
मिति ः २०८० श्रावण २३ गते
स्थान ः याङग्रीमा होटेल, जोरपाटी काठमाण्डौ ।
समय ः ११ः०० बजे ।
९) आदिवासी जनजाति अपाङ्ग महिला संघ
कार्यक्रम ः पूस्तक विमोचन कार्यक्रम ९क्तचगननभिक या क्ष्लमष्नभलयगक क्ष्लकउष्चष्लन एभचकयलबष्तिष्भक या ल्भउब०ि
मिति ः २०८० श्रावण २५ गते
स्थान ः होटल यल्लो प्यागोडा, जमल काठमाण्डौ ।
समय ः २ बजे ।
१०) आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज )
कार्यक्रम ः प्रदेश नं.१ आन्दोलनको विषयमा बृहत अन्तरक्रीयात्मक बिचारगोष्ठी
मिति ः २०८० श्रावण २७ (स्थापना दिवस) र २८ गते(बृहत अन्तरक्रीयात्मक बिचारगोष्ठी)
स्थान ः संगम होटल, बिराटनगर ।
समय ः बिहान ११ः०० बजे
११) ईन्डिजिनियस टेलिभिजन
कार्यक्रम ः आदिवासी जनजातिहरुको सवालमा एक हप्ते टेलिभिजन बहस कार्यक्रम ।
मिति ः २०८० श्रावण २० देखि २७ गतेसम्म
स्थान ः ईन्डिजिनियस टेलिभिजनको कार्यलय, अनामनगर ।
दिवस राई गेल्जे लामा शेर्पा
महासचिव अध्यक्ष