बुधबार थप भक्तपुर नगरपालिकामा मात्र ५४ कोरोना संक्रमित(विवरणसहित)
असोज ७, २०७७, बुधबार | दिउँसो ०१:१३ बजे | 15
भक्तपुर । असोज ७ गते बुधवार भक्तपुर जिल्लामा (४८ पुरूष र ४७ महिला) गरि ९५ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको भएता पनि १०० जना संक्रमित संख्या भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार मध्यपुर थिमिको गठ्ठाघर, धुन्चोपाखा, नयाथिमि, वोडे, सागवारी, पाटिबिहार, लौहकन्थलि, कौशल्टार, निकोसेरा, वडा नं.४,९ लगायतमा (९ पुरूष र ९ महिला) गरि १८ जना, भक्तपुर नपामा (२७ पुरूष र २७ महिला) गरि ५४ जना, चाँगु नपामा (१ पुरूष र २ महिला) गरि ३ जना, सुर्यबिनायक नपामा (८ पुरूष र ४ महिला) गरि १२ जना रहेको छ भने १३ जनासंग सम्पर्क भईरहेको छ।