भक्तपुरको सम्पदा क्षेत्रमा पार्किङ गर्दै हुनुहुन्छ ? होसियार


साउन १७, २०८०, बुधबार | विहान ०६:०१ बजे | 55


भक्तपुरको सम्पदा क्षेत्रमा पार्किङ गर्दै हुनुहुन्छ ? होसियार

भक्तपुरको सम्पदा क्षेत्रमा पार्किङ गर्ने सवारीसाधनलाई लक लगाउन थालेको छ । भक्तपुरको दत्तात्रयस्थित भक्तपुर नगरपालिकाले खटाएका सफाई कर्मचारीले लक लगाउने गरेका हुन् । यसका लागि नगरपालिकाल इन्द्रप्रसाद लेबा, बालकृष्ण उलक, कृष्णप्रसाद कोजु र हरिसुन्दर लवजु खटिएका छन् । 
कर्मचारी इन्द्रप्रसाद लेबाले साउन ९ गतेबाट खटिएको जानकारी गराए । उनले सुरुमा सम्झाउने र पछि सम्झाएर पनि अटेर गरे लक लगाइदिने गरेको बताउँछन् । अहिले बेलुकी ६ बजेदेखि १० बजे खट्ने गरेका छन् । अहिले भने लक गरेकालाई सवारी साधनलाई सम्झाएर छोड्ने र पछि शुल्क वा अन्य दन्डको व्यवस्था गरिने उनीहरु बताउँछन् ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरको सम्पदा क्षेत्रमा पार्किङ गर्दै हुनुहुन्छ ? होसियार

Comments