को हुन् आज निर्वाचित रास्वप भक्तपुर नगर सभापति राजेश शिल्पकार


साउन १३, २०८०, शनिबार | दिउँसो १२:३० बजे | 85


को हुन् आज निर्वाचित रास्वप भक्तपुर नगर सभापति राजेश शिल्पकार

भक्तपुर । राजेश शिल्पकार भक्तपुर नगरपालिका वडा नं २ खौमाका स्थानीय हुन् । उनी पेशाले उद्योगी व्यवसायी हुन् । वर्ष ५० का उनी काष्ठकलाकर्मी, काष्ठकला व्यवसायी, मेशिनरी निर्यातकर्ता तथा  मेशिनरी पसले हुन् । उनको भक्तपुरको क्यान्सर अस्पतालबाट तल ओरालोमा मेशिनरी पसल छ । 
उनी भक्तपुर उद्योग वाणिज्य संघ पूर्व कार्यसमिति सदस्य पनि हुन् । साथै उनी शिल्पकार समाज भक्तपुरका संस्थापक अध्यक्ष हुन् । उनी पहिला लायन्स क्लवहरुमा पनि सक्रिय थिए ।
२०५४ साल अगाडि उनी राजनीतिमा पनि सक्रिय थिए । उनले विभिन्न पदहरुमा बसेर पदबहाली पनि गरेका थिए । तर कुन पार्टीमा सक्रिय थिए, उनले खुलाउन चाहेनन् ।  
२०५४ सालपछि राजनीतिबाट अलग्ग भएका उनी राष्टिय स्वतन्त्र पार्टी स्थापनादेखि नै त्यसप्रति आकर्षित भएको बताएका छन् । शिक्षामा भने उनी एसएसली हालको एसइइमै सिमित छन् ।
उनले प्रावि शिक्षा भक्तपुरको पहिलो वोर्डिग स्कुल सिद्धार्थ बोर्डिग स्कुल भक्तपुर (हाल बन्द) मा पाँंच कक्षासम्म पढाई पूरा गरेका थिए । पुख्र्याैली पेशा सिकर्मी रहेका उनले मावि तहको पढाई भने विहान पढे । कक्षा १० सम्मको उनको पढाई विहानी स्कुल बाराही ओरालो (हाल बन्द) भएको स्कुलमा भएको थियो ।  
शनिबार भएको राष्टिय स्वतन्त्र पार्टी भक्तपुर नगरको सभापतिमा शिल्पकार सभापतिमा चुनिएका थिए । 
नवनिर्वाचित पदाधिकारीहरु
१) राजेश शिल्पकार
२) उपसभापति – राजेश  मारिखु 
३) सचिब – सन्जीब प्रजापति 
४) कोषाध्यक्ष – सुमित्रा श्रेष्ठ 
सदस्यहरु – 
५) मनिका नेपाल 
६) क्रान्ति बिक्रम कायस्थ 
७) उबिन कायस्थ 
८) सोनिया शिल्पकार    
९) रजिब तुईतुई  
१०) मोहन सुवाल
११ ) सनिश गोसाई

फाेटाेमा हेर्नुहाेस्...

को हुन् आज निर्वाचित रास्वप भक्तपुर नगर सभापति राजेश शिल्पकार

Comments