नेपाल तामाङ युवा घेदुङ संघ भक्तपुरको अधिबेशन सम्पन्न ः अध्यक्षमा बलराम

साउन १३, २०८०, शनिबार | विहान १०:५५ बजे | 55

नेपाल तामाङ युवा घेदुङ संघ भक्तपुरको अधिबेशन सम्पन्न ः अध्यक्षमा बलराम

भक्तपुर । नेपाल तामाङ घेदुङ संघको भातृ संगठन नेपाल तामाङ युवा घेदुङ संघ भक्तपुरको तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
अधिबेशनको उद्घाटन गर्दै  घेदुङका केन्द्रीय उपमहा–सचिब हर्क तामाङले युवाहरु बिकाश निर्माण र ताम्सालिङ निर्माण कार्यमा लाग्नुपर्ने आजको अबश्यकता रहेको बताउनु भएको थियो ।
अधिशनले बलराम तामाङ तामाङको अध्यक्षतामा नौ सदस्यीय  कार्यसमिति निर्बिरोध निर्बाचित गरिएको छ भने उपाध्यक्षमा सुमित्रा तामाङ, सुकमान तामाङ, सचिब साजन लामा, कोषाध्यक्ष सुमी तामङ र सदस्यहरुमा ङेमा तामाङ, रुकेश तामाङ, निराज तामाङ निर्बाचित भएको छ ।
अधिबेशनमा युवा घेदुङ केन्द्रीय अध्यक्ष बिलाम मोक्तान, घेदुङ्क केन्द्रीय सदस्य हिरालाल दोङ तामाङ, तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष कान्छा तामाङ, युवा घेदुङ केन्द्रीय सदस्य मन्जु तामाङ लोप्चनलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियोे ।
घेदुङ भाषा, साहित्य तथा लिपी बिभाग प्रमुख÷केन्द्रीय सदस्य हिरालाल तामाङले पनि बोल्नुभएको कार्यक्रममा युवा घेदुङका अध्यक्ष बिनयकुमार तामाङको सभापतित्वमा सम्म्पन्न भएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

नेपाल तामाङ युवा घेदुङ संघ भक्तपुरको अधिबेशन सम्पन्न ः अध्यक्षमा बलराम
नेपाल तामाङ युवा घेदुङ संघ भक्तपुरको अधिबेशन सम्पन्न ः अध्यक्षमा बलराम

Comments