५६ जनाद्धारा रक्तदान
असोज ६, २०७७, मङ्गलबार | दिउँसो ०२:५७ बजे | 5
भक्तपुर । नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सहयोगमा सिपाडोल युवा समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५६ जना स्वयमसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । विश्वव्यापी कोरोनाको कारणले हुन गएको रगतको अभाबलाई परिपूर्ति गर्ने उद्देश्यका साथ मानवीय सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको सिपाडोल युवा समाजका अध्यक्ष नवराज भटराइले बताए । रक्तदाताहरुलाई सूर्यविनायक नगपालिका वडा नं ८ सूर्यविनायकका अध्यक्ष किरण थापाले प्रमाणपत्र वितरण गरेका थिए ।