रास्वपा भक्तपुर नगरको अध्यक्षमा शिल्पकार (सम्पूर्ण कार्यसमितिको नामसहित)

साउन १३, २०८०, शनिबार | विहान ०६:२७ बजे | 50

रास्वपा भक्तपुर नगरको अध्यक्षमा शिल्पकार (सम्पूर्ण कार्यसमितिको नामसहित)

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर नगर समिति गठन भएको छ । राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँं कार्यसमिति गठन भएको हो ।
समितिको राजेश मारिखू, सचिवमा सन्जिव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन् ।
शनिबार भएको नगर समिति घोषणा सभा कार्यक्रमबाट भक्तपुर नगर समिति गठन भएको हो । पार्टी केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका थिए । कार्यक्रम विहान ८ बजेबाट भक्तपुर व्यांक्वेट हाकुफो हिटी भक्तपुरमा सुरु भएको थियो । 
पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन् । यसअघि जिल्ला समिति पनि गठन भइसकेको छ । 

फाेटाेमा हेर्नुहाेस्...

Comments