आज रास्वपा भक्तपुर नगर गठन हुने ः को हुँंदैछन् सभापति ?
साउन १३, २०८०, शनिबार | विहान ०१:५१ बजे | 105
भक्तपुर । राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर नगर समिति गठन तथा घोषणा सभा कार्यक्रमबाट शनिबार भक्तपुर नगर समिति गठन हुने भएको छ । पार्टी केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने भएको हो । कार्यक्रममा पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार विशेष अतिथि रहेका छन् । कार्यक्रम विहान ८ बजेबाट भक्तपुर व्यांक्वेट हाकुफो हिटी भक्तपुरमा सुरु गर्ने कार्यक्रम तालिका छ ।
पार्टीको भक्तपुर जिल्लाका तीन वटै नगरपालिकाहरु सूर्यविनायक, चाँंगुनारायण र मध्यपुर थिमिमा नगर समितिहरु गठन भइसकेका छन् । यसअघि जिल्ला समिति पनि गठन भइसकेको छ ।
पार्टीको यसअघिको भक्तपुर नगर समिति गठनको प्रचारप्रचारमा रुकेश रञ्जित, सविका त्वानाबासुलगायतको नाम चर्चामा आएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...