नेपाल तामाङ युवा घेदुङ भक्तपुरको तेस्रो जिल्ला अधिबेशन शनिबार


साउन १२, २०८०, शुक्रबार | विहान ०९:४४ बजे | 70


नेपाल तामाङ युवा घेदुङ भक्तपुरको तेस्रो  जिल्ला अधिबेशन शनिबार

नेपाल तामाङ घेदुङ्को भातृ संगठन नेपाल तामाङ युवा घेदुङ भक्तपुरको तेस्रो जिल्ला अधिबेशन शनिबार हुने भएको छ। अधिबेशनलाई सम्बोधन गर्नका लागि नेपाल तामाङ युवा घेदुङ्का संघीय अध्यक्ष बिलाम मोक्तान संघीय उपाध्यक्ष संगम लामा आउने जानकारी भक्तपुर जिल्ला अध्यक्ष नवीन कुमार तामाङले बताएको छ।अधिबेशनमा भक्तपुर जिल्लाका चार नगर पालिकाका प्रतिनिधिहरुले नयाँ नेतृत्व चयन गर्नेछ । अधिबेशन साइनो जापानीज ल्यङ्वेज स्कुल सुर्यबिनायक भक्तपुरको हलमा हुनि पनि तामाङले जानकारी दिएको छ।

Comments