आज केपी ओली भक्तपुर आउने ः युवाले स्वागतमा मोटरसाइकल रयाली गर्ने


साउन १२, २०८०, शुक्रबार | विहान ०३:२४ बजे | 65


आज केपी ओली भक्तपुर आउने ः युवाले स्वागतमा मोटरसाइकल रयाली गर्ने

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भक्तपुर आउनु हुने भएको छ । साँंझ तीन बजे जगाती पुलिस चौकी हुँंदै उहाँं डोलेश्वर भिलेज रिसोर्टमा बैठकमा सहभागी हुन आउने हुनुभएको हो । त्यहाँं पार्टीका भातृ संगठनहरुको विस्तार योजनाबारे बैठक हुने जनाइएको छ ।  
ओलीलाई स्वागत स्वरुप राष्टिय युवा संघ भक्तपुरले जगातीदेखि डोलेश्वर भिलेज रिसोर्टसम्म मोटरसाइकल याली गर्न लागेको छ । साँंझ ३ बजे जगाती गेटमा भेला भई त्यहाँंबाट मोटरसाइकल रयाली हुने जनाइएको छ । 

Comments