सूर्यविनायक सिपाडोलको मालीगाउँं जाने कि ?
साउन ११, २०८०, बिहीबार | दिउँसो ०३:२५ बजे | 70
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोल मालीगाउँंमा शुक्रबार ठूलो बुद्धको मूर्ति प्रतिस्थापन गर्ने भएको छ । यसको लागि अन्तिम तयारी भएको मुनि विहार इनाचो भक्तपुरले जनाएको छ ।
जनाइए अनुसार स्थानीयले स्थानीय सामुदायिक वनभित्र बन्ने धार्मिक स्थल क्षेत्रभित्रको सार्वजनिक जग्गामा प्रतिमा प्रतिस्थापनको सवै काम पूरा गरिसकेका छन् । पूर्वाधार तयारी गरिसकेको उक्त स्थानमा भव्य कार्यक्रमवीच मूर्ति लगेर प्रतिस्थापन गर्ने जनाइको छ ।
मुनि विहार इनाचो भक्तपुरका प्रमुख धर्मगुरु भिक्षु विपस्वी महास्थवीरले बुद्ध मूर्ति स्थापनाका लागि ठाउँंदेखि सवै आवश्यक पूर्वाधार स्थानीयले गरेको जनाए । हामीले बुद्धको मूर्ति लगेर प्रतिस्थापन मात्रै गर्ने हो, उनले भने, यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । विहान ७ बजेदेखि १२ बजेसम्म विभिन्न कार्यक्रमका साथ मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम रहेको जानकारी उनले गराए ।
मूर्ति प्रतिस्थापन गर्ने यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगाती प्रहरी बृतबाट झण्डै चार किलोमिटर माथि रहेको छ । जगातीबाट डोलेश्वर मन्दिर हुँंदै अलिकति माथि रहेको प्रख्यात एकल रुख नजिकैको मालीगाउँं तामाग वस्तीमा मूर्ति प्रतिस्थापन गर्न लागेको हो । यहाँंसम्म पुग्न कालोपत्रेसहितको फराकिलो सडक रहेको छ ।
मुनि विहार इनाचो भक्तपुरको मुनि विहार व्यवस्थापन समितिका सहसचिव शिवप्रसाद बालाले स्थानीयको माग अनुसार बुद्धमूर्ति प्रतिस्थापन गर्न लागेको जानकारी गराए । स्थानीय आफनो ठाउँंमा बुद्धमूर्ति प्रतिस्थापन गर्ने इच्छा गरेपछि मुनि विहार भक्तपुर भक्तपुरको संयोजनमा बुद्ध मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रम गरेको उनले बताए ।
बुद्धको मूर्ति झण्डैझण्डै मानिसको आरकाप्रकारको ठूलो रहेको छ । भक्तपुरको देकोचाको एउटा कारखानामा बनाइराखेका ठूलो मूर्ति छनौट गरी त्यसमा आकर्षक रंगरोगन गरी प्रतिस्थापन गर्न लागिएको हो । सवारीसाधनमा राखेर लगेर त्यहाँं पुयाई प्रतिस्थापन गर्ने जनाइएको छ । यसको मूल्य मात्रै झण्डै डेढ लाख रहेको जनाइएको छ । विभिन्न दाताको सहयोगबाट मूर्ति खरिदको वन्दोवस्त गरिएको जनाइएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको बाचामारी डम्फोमा पनि यस्तै ठूलो मूर्ति प्रतिस्थापित छ । यहाँं जस्तै काठमाडौ उपत्यकाका विभिन्न ठाउँंहरुमा यस्ता बुद्धको मूर्ति प्रतिस्थापित छन् ।
बुद्धमूर्र्तिको स्थापनापछि त्यहाँं पर्यटकीय गन्तव्यको रुपमा विकास हुने विश्वास गरिएको छ । मूर्तिकै कारण स्थानीयलाई मन शान्त पार्ने वातावरण हुने विश्वाससमेत गरिएको छ । साथसाथै यसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्थानीयलाई फाइदा पुग्ने विश्वास गरिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...