लिवाली टोलबासीले गरे जस्तो नक्कल सवैले किन नगर्ने ?
साउन ११, २०८०, बिहीबार | दिउँसो ०१:२६ बजे | 50
भक्तपुर । भक्तपुरको ख्वप इन्जिनियरिड कलेज लिवाली नजिकै पर्छ, इन्जिनियरिड चोक लिवाली । कलेजबाट केही मिटरको उतर पश्चिम परेको यो ठाउँंमा पुग्ने वितिकै धेरैको मुखबाट स्वतस्फुर्ट निस्कने शव्द हो आहा ! कस्तो राम्रो ।
यहाँं यस्तो कुनै विशेष भएर आहा भएको होइन, घरैपिच्छै सवैतिर लहरै दायाँंबाया हरियाली कायम भएकोले भएको हो । यहाँंका सवै घरहरुको दुवैतर्फ लहरै गमलाहरुमा विरुवाहरुले ढाकेर सवैतिर आकर्षक भएकोले हो । यही कारण अहिले यो ठाउँं भक्तपुरकै नमूना ठाउँंको रुपमा चिनिन थालेको छ ।
त्यहाँंका स्थानीय मिलेर हरियाली कायम गरेका हुन् । चोकका सवै घरधनीहरु मिलेर सामूहिक रुपमा गमलामा फुलहरु तथा बाटविरुवाहरु रोपेर हरियाली कायम भएको छ । हरियाली कायम गर्न झण्डै एक वर्षदेखि सुरु गरेका उनीहरुले गमलामा रोपेका रुख, बोटविरुवाहरुले अलि ठूल्ठूलो भई हरियाली कायम भएपछि सवैको लागि यो ठाउँं आहा बनेको हो ।
स्थानीयबासीहरु मिलेर बनाएको इन्जिनियरिड चोक लापु ग्वाली पुचः (इन्जिनियरिड चोक बाटो सहयोगी समूह)का अध्यक्ष रत्नलाल साँढले २०७८ वैशाख १५ गते आफनो अध्यक्षमा समूह गठन गरी काम थालेपछि अहिले परिणाम आएको बताउँंछन् । टोलका सडक दायाँंबायाँंका लहरै भएका दुवैतर्फका घरघर अगाडि लहरै हरियाली कायम भएपछि अहिले धेरैको आँंखा गएको बताउँंछन् । उनका अनुसार झण्डै एक दुई सय मिटरको कालोपत्रे बाटोमा सवैतिर लहरै हरियो देखिएपछि टोलको शोभा नै अर्के भएको सवै घरधनीका साथ बाहिरका मानिसले पनि अनुभब गरेका छन् । यसले घर मात्रै होइन, टोलकै सुन्दरतामा नयाँं चमक आएको छ, उनले भने, जति यो बाटो भएर हिड्छन् सवैजना तारिफ गरेर जान्छन् ।
त्यहाँं झण्डै एक सय ५० वटा गमलाहरुमा सवैमा रंगरोगन गरी वरिपरि दुवैतिर लहरै कपुर, ढुपी, इन्डोर प्लानलगायतका विरुवा रोपेर हरियाली कायम गरेका छन् । उनीहरुका अनुसार सुरुमा त्यहाँ २० लिटरको विग्रेको जार किनेर रंगरोगन गरी एक सय वटा लहरै राखी विरुवा रोपेका थिए । पछि फेरि भक्तपुर नगरपालिका वडा नं ८ सँंग सहयोग मागेर ५० प्रतिशत वडाले व्यवहोर्ने गरी प्रति गोटा एक सय ५० रुपैयाँं जाने गमला ५० वटा किनेर त्यसमा पनि विरुवा रोपेका थिए । पछि फेरि वडा कार्यालयकै सहयोगमा विरुवाहरुमा राख्ने कम्पोष्ट मल (भक्तपुर नगरपालिकाले बनाउने कम्पोष्ट मल) बाट मल ल्याई सवै विरुवाहरुमा राखेका थिए । त्यसपछि विरुवा सप्रेर अहिले सवै हराभरा कायम भएको छ ।
स्थानीय कृष्णसुन्दर प्रजापतिले टोलबासी नै मिलेर नियमित रुपमा सरसफाई कार्यक्रम पनि गर्दै आएको जनाए । साथै टोलबासी नै मिलेर त्यहाँं ठाउँंठाउँंमा बाटो भएर हिड्ने बटुवाहरुका लागि फोहोर फाल्न (विस्कुटको खोल, चाउचाउको खोल) फाल्नका लागि डष्टविनको पनि व्यवस्था गरेका छन् ।
अर्का स्थानीय सागर कुसाथाले आफूहरुको नमूना काम देखेर अहिले विस्तारै अरुतिर पनि सिको गर्न थालेको जनाए । आफूहरुबाटै सिको गरेर टोलको पश्चिमको सडकमा स्थानीय वालकृष्ण साँंढको अध्यक्षतामा टोल समिति गठन भएको र उसले पनि सरसफाईको काम थालेको सुनाए ।
टोलबासीको यही काम भक्तपुर नगरपालिका लागि पनि नमूना बनेको छ । यही कारण नगरपालिकाले पनि नगरको प्रमुख बजारको दुवै छेउ यस्ते गमलामा बोटविरुवा रोपी हरियाली कायम गर्ने उद्देशयका साथ नगरको मुख्य बजार सूर्यमढीदेखि भार्वाचोसम्मका डेढ सय पसलेहरुलाई बोलाइ यस विषयमा छलफल गरेको थियो ।