भक्तपुरमा कहाँकहाँ छन् कोरोना संक्रमित (विवरणसहित)


असोज ६, २०७७, मङ्गलबार | दिउँसो ०१:१८ बजे | 0


भक्तपुर । आज असोज ६ गते मंगलवार भक्तपुर जिल्लामा ६३ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको भएता पनि ५१ जनामा भक्तपुरमा संक्रमित संख्या भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले दिनुभएको जानकारी अनुसार मध्यपुर थिमिको निकोसेरा, गठ्ठाघर, स्वंगापुखु, सुन्दरबस्ति, कौशल्टार, पोबु, वडा नं. ४, ६ लगायतमा (११ पुरूषर७ महिला) गरि १८ जना, भक्तपुर नपामा (१०पुरूष र८ महिला) गरि १८ जना, चाँगु नपामा (२ पुरूषर२ महिला) गरि ४ जना, सुर्यबिनायक नपामा (५ पुरूष र३ महिला) गरि ८ जना रहेको छ भने ३ जनासंग सम्पर्क भईरहेको छ।

Comments