किन दिए कपिल कसपालले भक्तपुर साँंगितक समाजबाट राजीनामा ? (विज्ञप्तिसहित)


साउन ६, २०८०, शनिबार | विहान ०८:२१ बजे | 45


किन दिए कपिल कसपालले भक्तपुर साँंगितक समाजबाट राजीनामा ? (विज्ञप्तिसहित)

भक्तपुर सांगीतिक समाजबाट उपाध्यक्ष कपिल कसपालले शनिबार राजीनामा दिएका छन् ।
(बाँंकी उनले आज प्रकाशित गरी विज्ञप्ति जस्ताको तस्तै)  
भक्तपुर सांगीतिक समाज नेपाली संगीतलाई समृद्ध बनाउने र भक्तपुरमा सांगीतिक गतिविधिलाई सामुहिक नेतृत्वमा क्रियाशील बनाई संगीतको श्रीबृद्धि गर्न २०७४ सालमा स्थापना भएको सार्वजनिक संस्था हो । तर दुःखका साथ भन्नुपर्छ २÷४ जनाको गुट र स्वार्थमा रुमलिएर यो संस्था प्राइभेट कम्पनी जस्तो बनाइएको जस्तो छ । कुनै पनि संस्थाको पहिलो मापदण्ड भनेकै आर्थिक पारर्दशिता र ईमान्दारिता हो । जब त्यो दुबै हुदैन अन्य कुराको गुञ्जायस रहदैन । पहिलो कार्यक्रम नारायण गोपाल स्मृति साँझ हुदै दिपक खरेल साँझ देखि हालसम्म गरिएका कुनै पनि कार्यक्रमको आर्थिक हिसाब–किताबको लेखाजोखा राखिएको पाइएन । स्थापना कालदेखि न संस्थाको अडिट गरिएको छ न नविकरण नै गरिएको छ । मैले स्थापना काल देखि आर्थिक पारर्दशिता राख्न र नियमित बैठक बस्न आग्रह गरेको हो तर कुनै सुनुवाई भएन । क्षणिक स्वार्थ पुरा गर्न र आफ्नो व्यक्तिगत लाभ पुरा गर्नु सामाजिक संस्थाको उद्देश्य भित्र पर्दैन । न त संगीत कसैको कुण्ठा पोख्न नै प्रयोग हुने वस्तु हो । संगीत त सबैको साझा र सार्वजनिक विषय हो । भक्तपुर सांगीतिक समाजमा रहेर मैले काम गर्दा व्यक्तिगत कुण्ठा, अहंम र अपारर्दशिता मात्र अनुभव गर्नु पर्यो । म स्वच्छ रुपले सांगीतिक उद्देश्य पुरा गर्ने र संगीतलाई सम्बृद्ध बनाउने उद्देश्यले यो संस्थामा सहभागी भएको थिए तर दुःखका साथ माथी उल्लेखित विविध कारणले त्यो उद्देश्य पुरा हुने सम्भावना देखिन । तसर्थ आजैका मितिबाट यो सार्वजनिक राजिनामा मार्फत भक्तपुर सांगीतिक समाजको कुनै पनि पद, भुमिका र जिम्मेवारीमा नरहने सम्पूर्णमा जानकारी गराउन चाहन्छु ।

फाेटाेमा हेर्नुहाेस्...

किन दिए कपिल कसपालले भक्तपुर साँंगितक समाजबाट राजीनामा ? (विज्ञप्तिसहित)

Comments