भक्तपुरमा थप ७४ जना कोरोना संक्रमित (विवरणसहित)


असोज ५, २०७७, सोमबार | दिउँसो ०२:२३ बजे | 0


भक्तपुर । आज असोज ५ गते सोमवार भक्तपुर जिल्लामा ४४ पुरूष र ३० महिला गरि ७४ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको भएता पनि पुनः परिक्षण र अन्य जिल्लाको घटाउदा ६७ जनामा भक्तपुरमा संक्रमित संख्या भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले अहिले साझ ७ वजे दिनुभएको जानकारी अनुसार आज पनि मध्यपुर थिमिमा बृद्धि भएको छ । मध्यपुर थिमिको चारदोवाटो, लौहकन्थली, धुन्चोपाखो, नयाँ थिमि, गठ्ठाघर, निलवाराहि, कौशल्टार, बालकुमारि, सिद्धिकाली चोक, पाचो, चपाचो, पुरानो थिमि, दुईपोखरी, नगदेशलगायतमा (२१ पुरूष र १२ महिला) गरि ३३ जना, भक्तपुर नगरपालिकामा (१०पुरूष र६महिला) गरि १६जना, चाँगु नपामा (५ पुरूष र १ महिला) गरि ६ जना, सुर्यबिनायक नगरपालिकामा (४ पुरूष र १महिला) गरि ५ जना रहेको छ भने ७ जनासंग सम्पर्क भईरहेको छ।

Comments