भोलि भक्तपुरमा भुबन केसी, करिश्मा मानन्धर, पल साह....आउने


साउन ४, २०८०, बिहीबार | विहान ०७:१५ बजे | 50


भोलि भक्तपुरमा भुबन केसी, करिश्मा मानन्धर, पल साह....आउने

भक्तपुर । अरनिको राजमार्गस्थित भक्तपुरको पलासेंमा रहेको काठमाडौं फन भ्यालीमा भोलि शुक्रबार अरुण थापा स्मृति साँंझ २०८० हुने भएको छ । रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिको आयोजना र काठमाडौं फन भ्यालीको मुख्य प्रायोजनमा कार्यक्रम हुन लागेको हो । 
कार्यक्रम दिउँँंसो दुई बजेबाट झण्डै तीन घण्टा हुने जनाइएको छ । कार्यक्रमको उदघाटन चलचित्र विकास वोर्ड नेपालका अध्यक्ष एवं सुपरस्टार नायक भुबन केसीबाट हुने जनाइयो । कार्यक्रममा दीप श्रेष्ठ, करिश्मा मानन्धर, पल साह, दीपक खरेललगायतका वरिष्ठ कलाकारहरुलाई पनि निमन्त्रण गरेको जनाइयो । साथै कार्यक्रममा नेपालका चर्चित तथा प्रतिभाशाली गायकगायिकाहरु अजर जंगम, निशा देसार, एञ्जेला श्रेष्ठ, रोजी श्रेष्ठ, दिनेश न्यौपाने, सानुमैयाँं धौभडेल, कपिल कसपाल, सुनिललोहला, कल्प्ना श्रेष्ठ, प्रविण पलिखेल, श्रेया अवस्थीलगायतबाट अरुण थापाका गीतहरु प्रस्तुत गर्ने कार्यक्रम छ । 
आयोजक रागरागिनी इन्टरटेन्टमेन्ट प्रालिका कार्यकारी निर्देशक तथा कार्यक्रम संयोजक कपिल कसपालले स्वर्गीय बहुचर्चित गायक अरुण थापाको २४ औं स्मृति दिवसको दिन पारेर कार्यक्रम गर्न लागेको जनाए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था रहेको छ ।
काठमाडौं फन भ्यालीका निर्देशक दामोदर उपाध्यायले कार्यक्रममा सहभागी हुने सम्पूर्णले काठमाडौं फन भ्यालीभित्र उक्त दिन निशुल्क प्रवेश पाउने जनाए । साथै अन्य दिनहरुमा जस्तो फन भ्यालीभित्र प्रवेश गरेर मज्जा लिनेहरुका लागि उक्त दिन प्रवेश शुल्कमा २० प्रतिशतका छुट दिने घोषणा गरे । यो छुट कार्यक्रम हुने समयमा मात्रै नभई दिनभरि नै हुने उनले जनाए । 
फन भ्याली प्रवेश गर्न प्रतिव्यक्ति ६ सय ५० रुपैयाँं प्रवेश शुल्क रहेको छ । त्यहाँं चार वर्ष मुनिका बालबालिकाहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था छ । साथै ६५ वर्षमाथिका बृद्धबृद्धाहरुका लागि पनि निःशुल्क व्यवस्था छ । साथै विद्यार्थीका लागि पनि नियमित रुपमा २० प्रतिशत छुटको व्यवस्था छ । साथसाथै चार वर्षमाथिदेखि १३ वर्षसम्मका बालबालिकाहरुका लागि प्रतिव्यक्ति चार सय ५० रुपैयाँं प्रवेश शुल्क रहेको छ । 

Comments