काठमाण्डौ क्षेत्र नं ५ को नेपाल लोकतन्त्र आदिबासी जनजाती महासघको सभापतिमा मनोनित महर्जन
साउन ४, २०८०, बिहीबार | विहान ०५:०४ बजे | 60
नविना श्रेष्ठ
श्रावण
नेपाल लोकतन्त्र आदिबासी जनजाती महासँघ काठमाण्डौ क्षेत्र नं ५ को सभापतिमा सुर्य महर्जनलाई मनोनित गरिएको छ। ने.लो.आ.ज. महासँघका काठमाण्डौ जिल्ला सभापति प्रबिण बहादुर भँडेलजको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति रमेश डँगोलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। भने कार्यक्रमको उद्देश्य क्षेत्र नं ५मा नेपाल लोकतान्त्रिक आदिवासी जनजातिको हक अधिकारका निम्ति एकजुट भएर अगाडि बढ्ने सबैको धारणा रहेको बताएका छन्।
कार्यक्रममा पार्टीका उच्च स्थानमा रहेका अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। लोकतान्त्रिक खेलकुद संघका सचिव मनिष जोशी , सदस्यद्वय दामोदर अर्याल र राजु विक्रम थापा,तरुण दल केन्द्रीय सदस्य रत्न महर्जन, महाधिवेशन प्रतिनिधि फुलमाया तामाङ, वरिष्ठ नेता विनोद भट्टराई, काठमाण्डौ जिल्ला सदस्य तथा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका प्रमुख सल्लाहकार शम्भु प्रसाद अधिकारी, काठमाण्डौ जिल्ला पुर्व सदस्य माईला डंगोल, टोखा नगर सभापति ओम कृष्ण बिमली टोखा न.पा-२ का सभापति हेराकाजी मर्हजन (डंगोल) का.म.पा-३ उपसभापति प्रमिस खनाल, बुनपा-३ सचिव राजकुमार नगरकोटी लगायत पार्टीका टोल समिति अध्यक्षहरु र विभिन्न तह र तप्काका नेताहरुको उपस्थितिमा रहेको थियो। कार्यक्रममा ने.लो.आ.ज महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष प्रविण बहादुर भँडेल तथा काठमाण्डौ-५(क) सभापति एवँ क्षेत्रिय उपसभापति रमेश डँगोलद्वारा नवमनोनित सुर्य महर्जनलाई मनोनयन पत्र संयुक्तरुपमा हस्तान्तरण गरेको थियो।
क्षेत्र नं ५ मा आदिवासी जनजातिको निम्ति अगाडि बढ्न आजको भेलाबाट सुरुभएको र यसलाई निरन्तरता दिई अगाडि बढ्ने सबैले बताएका थिए। औपचारिकरुपमा शुरु भएको आजको फेला एक पक्ष भई अगाडि बढ्ने सबैले आ-आफ्नो तर्फबाट आफ्नो धारणाहरु प्रस्तुत गरेका