राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड हुने


साउन ३, २०८०, बुधबार | विहान ०३:२८ बजे | 45


राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड हुने

राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड २०८० को आयोजना हुने भएको छ । यही साउन महिनामा आयोजना हुने यो अवार्डको काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ ।

गीतकार तथा उपत्यासकार सुरेन्द्र महर्जन ‘अमर’को सभापतित्वमा भएको सो कार्यक्रमको प्रमुख अतिथिमा कोशी प्रदेशकी साँसद मिना श्रेष्ठ थिईन् । श्रेष्ठले उद्घाटन गरेको सो कार्यक्रमका अतिथिहरुमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य एवम् गायिका टिका पुन, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, अभिनेता धिरेन शाक्य, अभिनेता बिनोद श्रेष्ठ, निर्देशक जनक गुरुङ, पत्रकार बिजय रत्न तुलाधर, तुलसी गिरी ‘भावुक’ लगायत थिए । आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङ लगायतका अतिथिहरुले मनोयनमा परेकाहरुलाई प्रमाणपत्र वितरण गरे ।

आदिबासी जनजातिको गीत-सङ्गीत र चलचित्रलाई बाहिर ल्याउँदै उत्कृष्ट प्रतिभा र सृजना चयन गरेर पुरस्कृत गर्न यो अवार्ड आयोजना गर्न लागिएको आयोजक उमेश गुरुङले कार्यक्रममा बताए ।

फाेटाेमा हेर्नुहाेस्...

राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड हुने
राष्ट्रिय आदिबासी म्युजिक तथा फिल्म अवार्ड हुने

Comments