कहाँकहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)


असोज ४, २०७७, आइतबार | दिउँसो ०१:५८ बजे | 35


कहाँकहाँ छन् भक्तपुरमा कोरोना संक्रमित (विवरणसहित)
भक्तपुर । आज असोज ४ गते आईतवार भक्तपुर जिल्लामा एक सय १ जनामा कोरोना भाईरस संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको भएता पनि पुनः परिक्षण र अन्य जिल्लाको घटाउदा ९० जनामा भक्तपुरमा संक्रमित संख्या भएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका निष्ठा बल्लले अहिले साझ ७ वजे दिनुभएको जानकारी अनुसार आज पनि मध्यपुर थिमिमा बृद्धि भएको छ । मध्यपुर थिमिको भुलाखेल, चोडे, शंखधर चोक, वडा नं. ५ लगायत अन्य विभिन्न वडामा (२३ पुरूषर २२ महिला) गरि ४५ जना, भक्तपुर नपामा (९ पुरूष र३ महिला) गरि १२जना, चाँगु नपामा २ जना पुरूष, सुर्यबिनायक नपामा (१६ पुरूष र ४महिला) गरि २० जना रहेको छ भने ११ जनासंग सम्पर्क भईरहेको छ।

Comments