कृषि मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत माग गर्दै
असार ३०, २०८०, शनिबार | दिउँसो ०२:१२ बजे | 70
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ र चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रीसँग लम्पी स्किन पीडित किसानलाई राहत दिनुपर्ने माग गर्नुभएको छ ।
बागमती
प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठलाई लम्पी स्किनबाट
चाँगुनारायण क्षेत्रका ८० प्रतिशत गाई सङ्क्रमित भएको समग्र भक्तपुरमा ७५ प्रतिशत
भन्दा बढी गाई सङ्क्रमित भएको बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले जानकारी
दिनुभएको थियो ।
साना
किसानको रोजी रोटीको रूपमा रहेको गाई पालन पेसा नै धरापमा परेको भन्दै उनीहरूलाई
राहत प्याकेज ल्याउनु पर्ने उहाँले माग गर्नुभएको थियो ।
एउटा गाई
खरिद गर्न एक लाख भन्दा बढी पर्छ साना किसानले दुई चार पालेका गाई बाछा भटाभट
लम्पी स्किन सङ्क्रमणबाट मर्न थालेपछि साना किसानको उठीबास नै लागेको उहाँले
मन्त्रीलाई बताउनुभएको थियो ।
किसानलाई
प्याकेजको रूपमा राहत दिन मन्त्रालय लागी पर्नु पर्ने उहाँको माग रहेको थियो ।
भक्तपुरमा चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकामा धेरै गाई पालन गर्ने
किसान रहेका थोरै मात्रामा भक्तपुर नगरपालिका अनि थिमीमा गाई पालक किसान लम्पी
स्किनबाट प्रभावित भएको उहाँले जानकारी गराउनुभएको थियो ।
भूगोलको
हिसाबले भक्तपुर जिल्लाको ५७ प्रतिशत हिस्सा ओगटेको चाँगुनारायण नगरपालिकाका ८० प्रतिशत
गाईमा लम्पी स्किन सङ्क्रमण फैलिएको चाँगुनारायण नगर प्रमुख जीवन खत्रीले
मन्त्रीलाई जानकारी दिनुभएको थियो ।
उहाँले हाल
सम्म चाँगुनारायणमा मात्र हजार भन्दा बढी गाईको मृत्यु भई सकेको समेत जानकारी
दिनुभएको छ । टोल टोलमा गाई व्यवस्थापन गर्न समस्या नै आई सकेको बताउँदै उहाँले
गाई फाम सञ्चालन गर्नेहरूको अझ ठुलो बिजोग भएको मेयर खत्रीले बताउनुभयो ।
आफ्नो
नगरमा ६० प्रतिशत भन्दा बढी किसानले गाई पालन गर्दै आएको बताउँदै उनीहरूको सपना
लम्पी स्किनले सखाप बनाएको मेयर खत्रीले बताउनुभयो ।
नगरपालिकाले
रोग नियन्त्रणका लागि प्रचार प्रसार देखि खोप कार्यक्रमका लागि नगरबाट १० लाख रकम
विनियोजन गरी रोग नियन्त्रण तथा खोप कार्यक्रम गर्दै आएको समेत प्रमुख खत्रीले
जानकारी दिनुभयो ।
खोप
जनचेतना दिँदा दिँदै पनि यो रोगका कारण नगरका अधिकांश किसान पेसाबाट नै विस्थापित
हुने अवस्थामा पुगेका कारण उनीहरूलाई राहत स्वरूप प्रदेश सरकारले केही प्याकेजका
रूपमा प्रदान गर्नु पर्ने उहाँको पनि माग रहेको थियो ।
बागमती
प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री डा राजेन्द्रमान श्रेष्ठले रोगको विषयमा
आफूलाई जानकारी भएको तर यस्तो भयावह अवस्थामा भक्तपुर पुगेको विषयमा आफ्नो
ध्यानाकर्षण भएको जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले राहत स्वरूप के गर्न
सक्छ आफूले क्याबिनेटमा राखेर राहत प्याकेज ल्याउन लागी पर्ने समेत जानकारी
दिनुभयो ।
उहाँले रोग
रोकथामका लागि चाँगुनारायणमा प्रदेशले १५०० डोज खोप पठाएको र थप चाहिएमा खोप तथा
प्राविधिक सेवा दिन आफूहरू २४ घण्टा नै सक्रिय रहेको समेत उहाँले जानकारी दिनुभयो
।
भक्तपुरका
चार नगरपालिकामा करिब २० हजार भन्दा बढी किसानले गाई पालन गर्दै आएका छन् ।
फाेटाेमा हेर्नुहाेस्...