नेकमा आइसोलेसन वार्ड
असोज ४, २०७७, आइतबार | दिउँसो ०१:३५ बजे | 40
भक्तपुर । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरलाई तत्कालका लागि आइसोलेसन वार्डको रुपमा विकास गरिएको छ । कोरोना भाइरस कोभिड १९ संक्रमितलाई सुरक्षित रुपमा राख्न सरकारले त्यस ठाउँलाई आइसोलेसन वार्डको रुपमा राखिएको हो ।
[[img2]]
हाल कोभिडकै कारण कक्षाहरु सचालन नभएको बेला त्यसको सदुपयोग गरी कलेजका भबनहरुलाई आइसोलेसन वार्डको रुपमा विकास गरिएको हो । यसबाहेक भक्तपुरका अन्य विभिन्न ठाउँंहरुलाई पनि आइसोलेसन वार्डको रुपमा विकास गरिएको छ । नेपाल विद्युत प्राधिकरण खरिपाटीलगायत जिल्लाका उपयुक्त विभिन्न ठाउँंहरुलाई आइसोलेसन वार्डको रुपमा विकास गरिएको हो । कोरोना प्रभावको न्युनीकरणसँंगै यो आइसोलेसन वार्डलाई हटाइने छ ।
[[img3]]
साथै कलेजलाई आवश्यक परेर कक्षा सञ्चालन गर्नुपरेपछि त्यो वार्ड त्यहाबाट हटाइने छ ।
उपत्यकासँंगै जोडिएको भक्तपुर जिल्लामा सवैभन्दा ठूलो कोरोना उपचार हुने रुपमा भक्तपुर अस्पतालाई लिइएको छ । यो अस्पताललाई हाललाई कोरोना अस्पतालको रुपमा विकास गरिएको छ ।
[[img4]]