बाँदरबाट पीडित कृषकहरुलाई सामाजिक सञ्चालबाट सास्ती


असार २७, २०८०, बुधबार | विहान ०९:४० बजे | 60


बाँदरबाट पीडित कृषकहरुलाई सामाजिक सञ्चालबाट सास्ती

गोदावरी । गोदावरी नगरपालिकाको केही ठाउहरुमा बादरहरुले दुख दिएका छन् । बर्षभरि खानुपर्न अन्नबालीहरु नष्ट गरेर कृषकहरूलाई दुःख दिएका हुन् । दुख दिएपछि स्थानीय कृषकहरूले बादर धपाएर आफ्नो बाली संरक्षण गर्न महत्त्वपूर्ण समय खर्च भएको छ । बाँंदरबाट दुःख पाईरहेको कृषकहरुलाई अझै धेरै दुःखद दिने हेतुले केही अराजक व्यत्ती तथा सामाजिक सन्जालमा अनावश्यक भ्रामक समाचारहरु सम्प्रेषण गर्नाले समस्या परेको छ । पीडित कृषकहरूलाई थप निरुत्साहित गरी कृषि कार्यको नै अपमान गर्ने सरोकारवालाहरुलाई पीडित पक्षले खेद प्रकट गरेको स्थानीय कृषकहरुले बताएका छन् ।

Comments