भक्तपुरमा एकदिनमै ७२ पटक लोडसेडिङ


असार २६, २०८०, मङ्गलबार | दिउँसो ०३:३७ बजे | 80


भक्तपुरमा एकदिनमै ७२ पटक लोडसेडिङ

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाका एकजना पीडितले दिक्दार मानेर सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याट्स लेखे, ‘भक्तपुरको सूर्यविनायक नगरपालिका एउटा यस्तो नगरपालिका होला जहाँं एक दिनमै ७२ चोटी लोडसेडिङ भइरहेको छ । भक्तपुरेन्सको सामूहिक फेसबुकमा उनले राखे जस्तै अहिले सूर्यविनायक नगरपालिकामा मात्रै नभई जिल्लाका चारवटै नगरपालिकाको हालत यस्तै छ, छिनछिनमा लोडसेडिङ हुने । त्यो पनि हिजोआजबाट होइन, महिनादिन अगाडिदेखि नै । दिनमा दर्जनौ पटक हुने लोडसेडिङले जिल्लाबासी हैरान भएका छन् । विशेष गरेर उद्योग, कलकाखाना, सरकारी तथा गैर सरकारी कार्यालयहरु जो विद्युतको आधारमा चल्छन्लाई विशेष समस्या पारेको छ । 

घोषित रुपमा लोडसेडिङ नभए पनि यहाँं बिजुली बत्ति जानेआउने गरेको स्थानीयले बताएका छन् । पाँंच, सात मिनेटको फरकमा दैनिक दर्जनौ पटक बिजुली जाने र आउने गरेको छ यहाँ । स्थानीयका अनुसार यहाँं यसरी नै बिजुलीको जुहारी चल्ने गर्दै आएको छ । छिनमा आउने र छिनमा जाने गरेर दिनमा दर्जनौ पटक बिजुली आउने र जाने गरेको छ । ‘कसैले पत्याउँंदै नपत्याउने गरी यहाँं दैनिक दर्जनौ पटक लोडसेडिंग भइरहेको छ, एक स्थानीयले भने । उनीहरुका अनुसार झण्डै एक महिना अगाडिदेखि नै बत्ति नगएको कुनै दिन नै छैन । दैनिक कुनै न कुनै बेला बत्ति गइहाल्छ । कहिले बढी त कहिले कम पटक मात्रै भए पनि दैनिक बत्ति जाने आउने गरेको उनीहरुले बताए ।

भक्तपुरको चाँंगुनारायण नगरपालिका ९ ताथलीका फर्निचय व्यवसायी रविन कवांले घोषित रुपमा लोडसेडिङ नभए पनि छिनछिनमा हुने अघोषित लोडसेडिंगले आफूहरु हैरान भएको बताए ्। ‘हामी समान्य सिकर्मी काम गर्ने नै असाध्यै पीडित छौ भने अरु ठूलाठूला उद्योग चलाउनेहरु के भए होलान् ? उनले प्रश्न गरे । छिनछिनमा बिजुली बत्ति जाँंदा काममा बाधा पुग्ने गरेको उनले बताए । काठका कामका लागि छिनछिनमा मेशिन चलाउनुपर्ने भएर समस्या हुने गरेको उनले बताए ।

भक्तपुर लिवालिकी रामलक्ष्मी साँंध पनि दैनिक बत्ति जाँंदा असाध्यै समस्यामा परेको सुनाउँंछिन् । ‘दिनमा त ठिक छ, तर राति पनि बत्ति जाँंदा हैरान भएका छौं, उनले भनिन्, ‘राति बत्ति गएपछि मैनबत्ती किन्न जाँंदा पनि कही कुनै पसलमा पाइँंदैन । अनि त झन समस्या हुन्छ ।’ घोषित रुपमा लोडसेडिङ नहुने भएकाले पसलेहरुले मैनबत्ती बेच्न छोड्दा थप समस्या हुने गरेको उनको भनाई  छ । ‘पहिलापहिला घोषित लोडसेडिङ हुने भएकाले पहिला नै जेनेरेटर राखेर हुन्छ कि के गरेर हुन्छ काममा बाधा नपुग्ने गरी मिलाराखेको हुन्थ्यो, स्थानीयको स्थानीयको सामूहिक पीडा छ, ‘तर अहिले अघोषित लोडसेडिंग हुँंदा केही पनि म्यानेज गरिगएको हुँंदैन । यसले बिजुली जाने बेला काम नभई श्रम मात्रै खेर जाने गरेको छ ।’

नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका कार्यालय प्रमुख रामदुलार यादव लोडसेडिङको भक्तपुरबाट वितरण हुेन विद्युतमा समस्या रहेको स्वीकार गरे । कार्यालय प्रमुख यादवले यो समस्या अझै एक महिनासम्म कायम रहनसक्ने जनाए । अवको एक महिनापछि यो समस्या नहोला, उनले भने, यो समस्या कुनै विग्रेर भएको होइन बरु सव स्टेशनहरुलाई क्षमता बृद्धिको काम भइरहेकाले भएको हो । क्षमताबृद्धिको यो काम एक महिनाभित्र सकाउने योजना रहेको उनले सुनाए । उनका अनुसार विद्युतको सव स्टेशन क्षमताबृद्धिको काम भइरहेको छ । यही कारण छिनछिनमा लोडसेडिङ भइरहेको हो । 


फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा एकदिनमै ७२ पटक लोडसेडिङ

Comments