नगरकोटमा प्रहरी प्रभाग भबनको शिलान्यास
असार २५, २०८०, सोमबार | विहान ०९:४८ बजे | 50
भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोटमा सोमबार प्रहरी प्रभाग नगरकोटको भवन सिलान्यास कार्यक्रम भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सीले भबनको शिलान्यास गरे । कार्यक्रममा चाँंगुनारायण नगरपालिका. ६ को वडा अध्यक्ष धन ब. लामा लगायतको उपस्थिति रहेको थियो । उक्त स्थानमा प्रभाग नगरकोटबाट प्र.ना.नि.बिनोद धितालको कमाण्डमा ७ जनाको टोली खटिगएको थियो । उक्त स्थान परिसर भक्तपुरबाट २२ कि.मि. उत्तर पूर्व पर्दछ ।
फाेटाेमा हेर्नुहाेस्...