मनाउँदै छ संविधान दिवस शासकहरु


असोज ३, २०७७, शनिबार | साँझ ०४:०० बजे | 50


रामकृष्ण प्रजापति

भेटिन्छन् मुखमा राम राम बगलीमा छुरा
चिन्दिनँ म, को भगवान ? को मुर्कटा ?
मुर्कटाधारी भगवानहरु भक्तहरुलाई
बाँड्दै छ खोक्रो आश्वासनहरु ।

भक्तहरु कोरोनाको कहरमा
खान नपाएर भिखको खाना
रत्नपार्कमा लाज शरम छोडी
माग्दै छ मृत्युशय्यामा जीवनहरु ।

मुर्कटाले गर्दा भगवानहरु प्रति
धरमराउन थालेको छ भक्तजनहरु
छिया छिया परेको छ भगवानका मुटुहरु
दगमगाउँदै छ अन्धविश्वासले विश्वासहरु

सैद्धान्तिक र बैचारिक विनाको शासन
मोहम्मद गदाफि ढाले जस्तै
न्याय अन्याय छुट्याउने स्वय्म्भुका आँखाहरु
निशब्द र शान्त छ हेरेर नेपाल र नेपालीहरु

आर्थिक असमानताका कारण अछुत भएका
बेरोजगारीका कारण अस्मिता बेचिएका
दलाल मानसिकताले बैदेशिक हस्तक्षेप भोगेका
मौलाउँदै छ राजनीतिक विकृतिले भष्टाचारीहरु

आँखाको नानीमा झिर रोप्नेहरु
प्रेमको पुष्पदल चुडाल्नेहरु
समावेशीमा जातिय दमन
दबाउँदै छ भाषिक आन्दोलनमा आदिवासीहरु

जातभित्र पनि वर्ग हुन्छ
भाषाविद्भित्र पनि वर्ग हुन्छ
वर्गिय मुक्ति बिना
असम्भब छ समावेशी र भाषिक आन्दोलनहरु

कम्युनिष्ट लेबल लगाएका
समाजवाद उन्मुख संविधानका
सामन्त र पूँजीवादी व्यवहारका
दम्भ छ दुईतिहाईका मुर्कटा शासकहरु

खेलाचीँ नोवेल कोरोना भाइरसमा
देश र जनता प्रति उत्तरदायी नभएका
स्वाधिनता र सार्वभौमिकता गुमाएका
मनाउँदै छ संविधान दिवस शासकहरु ।

धन्यावाद  !
२०७७।६।३ गते


Comments