तुलसी महिमा एक परिचर्चा


असार १९, २०८०, मङ्गलबार | विहान ११:०९ बजे | 25


तुलसी महिमा एक परिचर्चा

डा इन्दुल केसी
प्रारम्भ 
वनस्पति जगतमा तुलसी एक प्रकारको झार हो । यो एक प्रकारको विरुवा हो । यो धेरै गुणकारी बोट हो । यसमा मिठो सुगन्धित सुवासको साथसाथै किटाणु नास गर्ने तत्व पाइन्छ । यसको विरुवामा धेरै हाँगाविगाहरु ह्ुन्छन् । यसको पात गोलो, लाम्चो, फिका हरियो वा खैरो, रातो रंगको हुन्छ । तुलसीमा प्याजी रंगको स–साना पूmल फुल्दछ । यसको डाँठमा मञ्जिल निस्कन्छ र समय भएपछि मञ्जिलमा स–साना गेडा फल्छ, जुनपछि विउको रुपमा प्रयोग गरिन्छ । नेपालमा कृष्णा तुलसी, राम तुलसी र बद्री तुलसी नामका जाति प्रजातिहरु पाइन्छ । नेपालको मध्य पहाडी क्षेत्रदेखि तराइ क्षेत्रको भूभागसम्मको हावापनी भएको स्थानमा तुलसी पाइन्छ ।
तुलसीको विभिन्न भाषाका केही नामहरु
१) संस्कृत भाषामा ः सुरसा, सुलभा, अपतरा राक्षसी, वृन्दा, गौरी, आदी ।
२) अंग्रेजी भाषामा ः सेक्रेद बेसिल ९क्बअचभम द्यबकष्०ि
३) वनस्पति ९द्ययतबलष्अब०ि ओसिमुन सानतुम ९इष्किगm क्बलतगm०
गुण
आयुर्वेद शास्त्र अनुसार विभिन्न रोगको उपचारको लागि औषधिको रुपमा प्रयोग गरिन्छ । सर्प, विच्छि जस्तोले दसेकोमा त्यसको विष झार्ने, हानिकारक किरा, फट्याङ्ग्रा, लामखुट्टेबाट बच्न तुलसीको प्रयोग गरिन्छ । मानिसलाई जरो आई शरीरमा तापक्रम बढ्ने कपाल दुख्ने खोकि लाग्ने भएमा तुलसीको पात राखी तातो पानीमा सिंढे नुन, असल बेसार राखेर तताउने र बिहान बेलुका मनतातो अवस्थामा एक–एक चम्चा खाने । तुलसीको चिया खाने बानी भएकाले तुलसी चिया खाने गर्दा धेरै फाइदा हुन्छ ।
केहि धार्मिक पक्ष
हाम्रो देशमा हिन्दु धर्मावलम्बिहरुले तुलसीलाई नारायण–देवताको प्रतिकको रुपमा पुजिन्छ । पौराणिक कथा अनुसार जालन्धर नामका एक व्यक्तिको पतिब्रता पत्नि (स्त्री) वृन्दाले विष्णु नारायणलाई कारणवस झारभएर बस्नु परोस् भन्ने श्राप दिएको कारणले तुलसीको बोट झारको रुपमा बस्नुपरेको भनिन्छ । हाम्रो धर्मशास्त्र श्रीमद्भागवत बराह पुराण, उपनिषद् जस्तो हिन्दुहरुको महान धार्मिक ग्रन्थहरुमा तुलसीको महिमा वर्णन भएको पाइन्छ । धार्मिक पूजा संस्कार तथा कर्मकाण्डी कार्यहरुमा, तुलसीको चन्दन टिका लगाउने, चढाउने गरिन्छ । एउटा संस्कृत श्लोक ः
“नमस्तुलसी कल्याणी, गोविन्द चरण प्रिय ।”
हिन्दुहरुको धार्मिक विश्वास अनुसार मानिसको आयुको अन्त – प्राण त्याग्ने अन्तिम अवस्थामा तुलसी पत्ता, तुलसीको जल मुखमा प¥यो भने मृतकको आत्माले परमधाम स्वर्गको बास मिल्छ भन्ने जनविश्वास छ । यसैले ब्रम्हनालमा पु¥याइएका विरामीको मुखमा तुलसीको जल खुवाएको दृष्य प्रायः सबैले देखेको हुनुपर्छ ।
समय र कार्य
१) प्रत्येक वर्ष जेष्ठ शुक्ल निर्जला एकादशीको दिन तुलसीको बीउ छर्ने – विजारोपन गरिन्छ ।
२) आषाढ शुक्ल हरिशयनी एकादशीको दिन तुलसीको वेर्णा बोट आ–आफ्नो चलन अनुसार पूजा पाठका साथ गमला, मठ, आगन, बारीमा तुलसी रोपिन्छ । 
३) कार्तिक शुक्ल हरिबोधनी एकादशीको दिन ‘तुलसी विवाह’ धार्मिक अनुष्ठान गरिन्छ ।
४) कार्तिक महिनाको कुनै शुभदिनमा तुलसीको होम गरिन्छ । 
५) कार्तिक शुक्ल वैकुण्ड चतुर्दशीको दिन तुलसीपत्र ब्राम्हणलाई दान दिने चलन छ । 
६) हिन्दुहरुको लास दाह संस्कार गर्दा चिताको अग्निमा तुलसीको सुकेको बोट तुलसीको मञ्जिल पनि बाल्ने गरिन्छ ।
केही आर्थिक पक्ष
१) तुलसीको खेती गरी यसको बोटको विभिन्न भाग ः जरा, पात, दाँठ, मञ्जिल आदिलाई उत्पादन गरी बिक्री गर्ने ।
२) तुलसीको चिया, पाउडर, विभिन्न औषधी उत्पादन गरी बिक्रीबाट आर्थिक फाइदा गर्ने ।
३) तुलसीबाट निर्मित कतिपय वस्तुबाट उत्पादित वस्तुहरु विदेशबाट आयात भइरहेकोलाई रोकेर आफ्नै देशको वस्तुलाई व्यापक रुपमा हामीले प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन सकिन्छ । अस्तु ।

Comments