टाेखाको सम्पदा कोठु गणेश,नारायण मन्दिर र सङ्कटामाइको पुर्ननिर्माणका लागि डिपिअार बन्ने (फाेटाे फिचर )
असार १८, २०८०, सोमबार | साँझ ०४:२२ बजे | 35
काठमाडौं /पुरातत्त्व विभागद्वारा टाेखाको ऐतिहासिक सम्पदा कोठु गणेश , नारायण मन्दिर र सङ्कटामाइ मन्दिर पुर्ननिर्माणका लागि आज डिपिअारको लागि नापजाँच सम्पन्न गरिएको छ।समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलकै पहलमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियरद्वय सुश्मा पाठक र आरती पोखरेलले टाेखा नगरपालिका वडा २ स्थित सङ्कटा मन्दिर र टाेखा नगरपालिका वडा ३ को कोठु गणेश र नारायण मन्दिरको पुर्ननिर्माण डिपिअारका लागि नापजाँच गरिएको हो। कोठु गणेश मन्दिर , नारायण मन्दिर , सङ्कटा मन्दिर पुर्ननिर्माणको डिपिअारका लागि भएको नापजाँचमा पुरातत्व विभागका आर्कीटेक्ट इन्जिनियर सुश्मा पाठक र आरती पोखरेल,टाेखा नगरपालिका ३ का वडा अध्यक्ष रमेश डंगोल ,टाेखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ , नेवा: गूथि टाेखाका अध्यक्ष रमेश नापित , सङ्कटा मन्दिर गूठीका सदस्य कृष्ण महर्जनको उपस्तिथि थियो । समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलले आज पुरातत्त्व विभाग पुगेपछि आर्कीटेक्ट इन्जिनियरको टाेली मठ मन्दिर नापजाँचको लागि टाेखा आइपुगेको बताए । समाजसेवि तथा सम्पदा अभियन्ता देवराज डंगोलकै पहलमा टाेखा नगरपालिका ,पुरातत्त्व विभाग र विभिन्न राजनीतिक दलहरूसंगको सहकार्यमा सपनतिर्थ मन्दिर ,चण्डेश्वरी महादेव मन्दिर , चण्डेश्वरी द्य: छें , विभिन्न परम्परागत पाटिहरु पुर्ननिर्माण सम्पन्न भएका छन् ।उक्त तीन सम्पदा डिपिअार निर्माण पछि मौलिक स्वरूप र शैलीमै पुनर्निर्माण हुने सपनतिर्थ विकास समितिका अध्यक्ष देवराज डंगोलले बताउनुभयो ।टोखाको भुभागमा भित्र प्राचीनकाल देखि नै चल्दै आएको संस्कृतिक परंम्पराहरू टोखाको सांस्कृतिक र परम्परालाई बोध गराउने , संरक्षण गर्ने र प्रचार प्रसारमा विगत देखि वर्तमानसम्म सपनतीर्थ विकास समितिले यी कार्यहरू गर्दै आएको छ।
फाेटाेमा हेर्नुहाेस्...