सिद्धार्थ सहकारीद्धारा वृक्षारोपण
असार १७, २०८०, आइतबार | विहान ११:४८ बजे | 70
मध्यपुर थिमि । मध्यपुर थिमि नपा ४ शंखधरचोकस्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा वनदेवीमा वृक्षारोपण गरेको छ । मध्यपुर थिमि नपा ४ स्थित वनदेवी परिसरमा १ सय १ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा वेगन वेली, धुपी लगायतका ४० वटा विरुवा रोपिएको सिद्धार्थ सहकारीका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त वृक्षारोपणमा बालकुमारी विष्णुविर वन उपभोक्ता समूहका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठ, सिद्धार्थ सहकारीका निवर्तमान अध्यक्ष रमेश श्रेष्ठ, संस्थाका पदाधिकारी, सदस्य, महिला उपसमितिका सदस्यहरुले वृक्षारोपण गर्नु भएको थियो । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत विगत वर्षहरुमा झैं वृक्षारोपण गरिएको संस्थाका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । वातावरण एवं पर्यावरण संरक्षण गर्ने उद्देश्यले मध्यपुर थिमि नपा र ४ नं. वडाले वडाभित्रका यार्क अनि वनको संरक्षण एवं विस्तार गर्न वडाले बजेट विनियोजन गरेर काम गरिरहेको वडाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिनु भयो ।
फाेटाेमा हेर्नुहाेस्...