सकियो गुरु गणेश साकोसको संयुक्त भेला


असार १७, २०८०, आइतबार | विहान ०५:०५ बजे | 65


सकियो गुरु गणेश साकोसको संयुक्त भेला

भक्तपुर । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक बर्ष २०८०।०८१ को बार्षिक योजना तथा बजेत तर्जुमाको लागि समिति, उपसमिति, सल्लाहकार र कर्मचारी भेला अध्यक्ष कृष्णराम कासिछ्वाज्यूको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा सल्लाहकार रामकृष्ण प्रजापतिले २०८०।०८१ को बार्षिक योजना तथा बजेत तर्जुमा संस्थालाई कुन गोरेटोमा लाने चल्नेचक्र पथ प्रदर्शक र मार्ग चित्र हो भन्नु हुदैं सदस्यहरुको आर्थिक र सामाजिक स्तर उकास्ने कार्यक्रमहरु ल्याउनु पर्ने बताउनु भयो । उहाँले समुदायमा आधारित सहकारी संस्थाले सामाजिक कार्यक्रम ल्याई समुदायको हितको निम्ती कार्यक्रम योजनामा हुनुपर्ने बताउनु भयो उहाँले सहकारीको बजेत सदस्यहरुको समस्या पहिचान गरी समाधान गर्ने र निक्षेप, ऋण, शेयरपूँजी, सीपमूलक तालिम, कर्मचारी र कार्यालय ब्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । उहाँले बचत तथा ऋण सहकारी संस्था योजना बजेत बनाउँदा पल्र्स र सहकारी ऐन कानून र विनियम कार्यविधीमा समेत ध्यान दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वा, उपाध्यक्ष एवं शिक्षा उपसमितिका संयोजक श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु, साँस्कृतिक उपसमितिका संयोजक रामकृष्ण लावजू, महिला उपसमितिका संयोजक चम्पा ज्ञामरु, युवा तथा खेलकुद उपसमितिका संयोजक सिद्धान्त प्रजापतिले पनि बोल्नु भयो । 

Comments