सिपाडोलका ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई निःशुल्क मोवाइल वितरण गरिने (सूचनासहित)
असार १६, २०८०, शनिबार | विहान ०१:५० बजे | 40
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेका ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई निःशुल्क मोवाइल वितरण गर्ने भएको छ । वडा कार्यालयले सूचना जारी गरी असार मसान्तभित्र ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई प्रतिव्यक्ति मोवाइल सेट एक थान र नेपाल टेलिकमको एउटाएउटा सिमकार्ड वितरण गर्ने जनाएको छ । यसको लागि नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटो वडा कार्यालयमा बुझाउन सूचना जारी गरेको थियो । वडा कार्यालयमा जानकारी दिने मिति गुज्रे पनि मोवाइल भने वितरण गरिएको छैन । मोवाइल कति मूल्य पर्ने वितरण गर्ने हो त्यो भने खुलेको छैन । मोवाइल वितरण गर्ने कार्यलाई अर्काे आर्थिक वर्ष पनि निरन्तरता दिने सूचनामा उल्लेख छ ।
फाेटाेमा हेर्नुहाेस्...