स्वतन्त्र पत्रकार संघ भक्तपुरद्धारा दही चिउरा कार्यक्रम सम्पन्न


असार १५, २०८०, शुक्रबार | दिउँसो १२:०९ बजे | 110


स्वतन्त्र पत्रकार संघ भक्तपुरद्धारा दही चिउरा कार्यक्रम सम्पन्न

एवीसीडी खवरका सवाददाता पत्रकार प्रताप राना
भक्तपुर, असार १५
स्वतन्त्र पत्रकार संघ नेपाल भक्तपुर जिल्ला शाखा तथा एवीसीडी खवर डटकम डटएनपी अनलाइनको संयुक्त आयोजनामा आज भक्तपुरमा पत्रकार भेटघाट तथा दही चिउरा खाने कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा स्वतन्त्र पत्रकार संघका केन्द्रिय महासचिव महेशजंग कुँंवर, स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रिय सल्लाहकार डा इन्दुल केसी, स्वतन्त्र पत्रकार संघका केन्द्रिय उपमहासचिव रत्न प्रजापति, संघका जिल्ला अध्यक्ष सुरेशप्रसाद सैंजू, राष्टिय पार्षद् कृष्ण किसी, केन्द्रिय पार्षद् प्रताप राणा, फोटो पत्रकार जयराम प्रजापति, इन्जिनियर राजन कुसी, संगम लामा, जिल्ला सचिव प्रेम प्रजापतिलगायत विभिन्न टेलिभिजन, एफएम, पत्रपत्रिका तथा अनलाइन पत्रकाहरुको उपस्थिति रहेको थियो । 
उक्त कार्यक्रममा स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाका सभापति सुरेशप्रसाद सैंजूज्यूले भक्तपुर जिल्लामा स्वतन्त्र पत्रकार सघबाट गरिआएका विभिन्न कार्यहरुको जानकारी दिनुभयो । यसरी नै एवीसीडी खवरका कृष्ण किसीज्यूले हालै एवीसीडीको गतिविधिको जानकारी दिनुका साथै यसका दर्शक, पाठकहरु ३७ लाख वढी रहेको बताए । साथै यस अनलाइनमा समाचार, साहित्य, खेलकुद आदिबारेका समाचार लेखहरु नियमित रुपमा प्रकाशन भइरहेको जानकारी दिनुभयो । यस अनलाइनको आयोजनामा निकट भविष्यमा पत्रकारिताका विभिन्न विषयमा तालिम सञ्चालन हुन लागिरहेको कुरा पनि जानकारी दिनुभयो । 
केन्द्रका महासचिव कुँंवरज्यूले भक्तपुरमा भइराखेको उल्लेखित दुई वटा संस्थाहरुले गरिआएको कार्यको सराहना गर्दै अव गरिने कार्यहरुको लागि केन्द्रबाट सक्दो सहयोग प्रदान गर्ने बचन व्यक्त गर्नुभयो । केन्द्रका उपमहासचिव प्रजापतिज्यूले शुभकामना मन्तव्य दिनु हुँंदै भक्तपुरका यी दुई संस्थाहरुले गरिआएको कार्यको प्रशशा गर्दै आगामी दिनमा मध्यपुर थिमिका पत्रकारहरुसँंग पनि सहभागिता जनाई यहाँं हुने विभिन्न कार्यक्रममा आफूले सक्दो सहयोग प्रदान गर्ने विचार व्यक्त गर्नुभयो । 
अन्तमा आजको असार १५ को दिनको अवसरमा डा इन्दुल केसीज्यूले कविता धान दिवस शीर्षक सान्दर्भिक एवं रोचक  कविता पनि प्रस्तुत गर्नुभयो ।
सभाका सभापति सुरेश सैंजूज्यूले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद ज्ञापन गर्नुका साथै हामी दुई वटा संस्थाबाट आयोजना गरेको दही चिउरा खाने कार्यक्रममा सहभागी भएकालाई धन्यवाद दिनुभयो । 

फाेटाेमा हेर्नुहाेस्...

स्वतन्त्र पत्रकार संघ भक्तपुरद्धारा दही चिउरा कार्यक्रम सम्पन्न

Comments