खोई के ? म बुझ्दिन् !
असोज २, २०७७, शुक्रबार | विहान ०३:०९ बजे | 25
रामकृष्ण प्रजापति
साथी,
कोरनाको कहरमानिषेधाज्ञाको कब्जामा
म बद्नाम भइरहेको छु कि
तिमीलाई बद्नाम गर्न खोजिरहेको छु
तिमीले बद्नाम गर्न खोजिरहेका छौ कि
तिमी बद्नाम हुन खोजिरहेका छौ
खोई के ? म बुझ्दिन् !
साथी,
व्दन्दात्मक भौतिकबाद
आलोचत्मक दृष्टिकोणमा
अन्तरविरोधबाट उब्जेको
कथनलाई विश्वास गर्छु
सत्यमा प्रमाण खोज्छु
आँखाले हेरेर र हातले छोएर
तर यसलाई तिमी अविश्वास सोच्छौ ।
साथी,
अविवाहित महिलाको
विछिप्त मन
विवाहित पुरुषको
शान्त सरल चन्चल मन
सत्यको खोजीमा
निषेधाज्ञा छिचोल्दै
नगरकोटको फेदमा ।
साथी,
नगरकोटको भ्यु टावरबाट
देखेका सुन्दर शान्त दृष्यहरु
विछिप्त मनलाई
सलबलाउँदो हुस्सुका झोकाहरुले
मस्टिष्कमा मर्म स्पर्शी हुँदा
मनका विकार चोखिएको
कोरोनाको पिडा सबै बगाएको ।
साथी,
सास्वत्त सत्य
फुलको आँखामा फुलै संसार
काँडाको आँखामा काँडै संसार
नराकात्मक सोचको इन्जाइमले
मानिसलाई नकारात्मक बनाउने
कालो ढब्बामा सेतो चाँदिका घेरा
त्यसैले सकारात्मक सोच ।
साथी,
आधा भरेको पानी छचल्किन्छ
त्यसैले रातो किताव पढ
ज्ञानको भण्डार भर
दिन दुःखीको अनुहार
मनमस्टिष्कमा लिएर
माटो सुहाउँदो
विउहरु छर ।
साथी,
प्रियसिसंग कमलपोखरी डुल्दा
कोरनाको कहर विर्सेर
मनका बोझहरु हलुका हुन खोज्छ
तर खोई, तिम्रो मन
कता कता बादल पारी
रुम्मलिएको अशान्त र विछिप्त
अनुभब किन गराउँछ मलाई ?
साथी,
तिमी मःमःको स्वादमा
म पेय पदार्थको चुस्किमा
म बद्नाम भइरहेको छु कि
तिमीलाई बद्नाम गर्न खोजिरहेको छु
तिमीले बद्नाम गर्न खोजिरहेका छौ कि
तिमी बद्नाम हुन खोजिरहेका छौ ।
खोई के ? म बुझ्दिन् !
धन्यवाद !